+
+
Shares

बागमती प्रदेश सभा बैठक राप्रपाद्वारा बहिष्कार

बैठकमा बोल्ने समय माग गरेकाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल र मुख्यमन्त्री बहादुर सिंह लामालाई बोल्न सभामुख पाठकले समय दिए ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ असार १९ गते २०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सभाको बैठक राप्रपाले बहिष्कार गरेको हो, जसले बजेटप्रति असन्तुष्टि व्यक्त गरे।
  • सभामुखले बजेटमा त्रुटी र अनियमितता रहेको र बहिष्कारको कारण बताइन्।
  • बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

१९ असार, हेटौंडा । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र बजेट विवादको रस्साकस्सी र विपक्षी दलहरुको चेतावनीकाबीच बसेको बागमती प्रदेश सभा बैठक राप्रपाले बहिष्कार गरेको छ ।

आज बिहीबार साँझ बसेको प्रदेश सभा बैठक राप्रपाले बहिष्कार गरेको हो । सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन प्रारम्भ गर्दा राप्रपाका सांसदहरु उठेर बसेका थिए । राप्रपा संसदीय दलका नेता उद्धव थापाले हात उठाएर बोल्ने समय मागेपछि सभामुख पाठकले बोल्न समय दिए ।

थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेको बताए । राप्रपाका सांसदहरु बैठक हल छोडेर बाहिरिएका छन् ।

राप्रपाका नेता थापाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट  बक्तब्यदेखि नै समस्या देखिएको र आधारातमा बजेट आउने समस्या भएको बताए । ‘तर आजपनि अन्तिम अवस्थामा बैठक बस्ने अवस्था बन्यो । तर यसले पनि निकास पाउने अवस्था देखिएन ।’ उनले भने ।

नेता थापाले बजेटमा धेरै त्रुटीहरु रहेको दाबी गर्दै अनियमितताहरु रहेको र बजेट समानुपातिक र समावेशी नभएको धारणा राखे । आजको लागि भन्दै थापाले प्रदेश सभा बैठक बहिष्कार गरेका थिए ।

सभामुख पाठकले बैठकलाई अगाडि बढाउँदै आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेलाई मध्यकालीन खर्च संरचना आर्थिक वर्ष २०८२/८३ देखि २०८४/८५ सम्म पेश गर्न समय दिए ।

बैठकमा बोल्ने समय माग गरेकाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल र मुख्यमन्त्री बहादुर सिंह लामालाई बोल्न सभामुख पाठकले समय दिए ।

सरकारको धारणा राख्दै मुख्यमन्त्री लामाले राप्रपाले बैठक बहिष्कार गर्नुलाई गणतन्त्रसँग जोडे ।

‘अरु दलका साथीहरु जानुभयो । उहाँहरुले गणतन्त्रको विषयमा अलिकति त्यो भएर होला उहाँहरुले पनि जानुभाको,’ लामाले भने, ‘तर पक्कै रुपमा गणतन्त्रका साथीहरु यहाँ बस्नु भा’छ । गणतन्त्र रुपमा पनि उहाँहरु आउनुभा’छ । त्यसैले पनि उहाँहरुलाई म आग्रह गर्छु, अनुनय विनय गर्छु । अब लोकतन्त्र तिर, समृद्धि तिर लागौं । बागमती प्रदेशमा उहाँहरु पनि आउनलाई अनुरोध गर्न चाहन्छु ।’

सदनमा धेरै कुराहरु उठाउन सकिने बताउँदै सदनबाट छोडेर भन्दा सदन भित्रै बसेर सबै सल्लाह सुझाव लिन तयार रहेको मुख्यमन्त्री लामाले बताए ।

सरकारले प्रतिपक्षीहरुको सुझावलाई गहन रुपमा लिने र भूमिका खेल्ने लामाले प्रतिबद्धता जनाए । सभामुख पाठकले आजको बैठकको कार्यसूची २ र ३ मा रहेको कार्यक्रम सूचिबाट हटाइएको जानकारी गराउँदै भोली शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?