+
+
Shares

उडन्ते होइन, व्यावहारिक कानुन चाहियो : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कानुन बनाउँदा धर्तीलाई सुहाउँदो बनाउनुपर्ने बताएका छन्।
  • साहले संविधानका मौलिक हक कार्यान्वयन नभएको र व्यवहारिक रुपमा सोचेर कानुन बनाउन आवश्यक रहेको बताए।
  • उनले समितिको बैठक कार्यतालिका बनाएर चलाउन आग्रह गरे।

२० असार, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुक सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बसेको बैठकमा सांसद साहले कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्ने बताएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सहभागी साहले व्यवहारिक रुपमा सोचेर कानुन निर्माण गर्नुपर्ने बताए ।

संविधानमा ३१ वटा मौलिक हक राखिएको तर कार्यान्वयन एउटा पनि हुन नसकेको उनको भनाइ छ । ‘हाम्रो संविधानमा ३१ वटा मौलिक हक छन् । दुनियाँमा नभएको मौलिक हक छ । तर कार्यान्वयन एउटा पनि भएको छैन,’ उनले भने, ‘त्यो कुराको हेक्का राख्नुपर्छ । हामीले कानुन बनाउँदा उड्ने होइन की धर्तीलाई सुहाउँदो हुनुपर्छ । वस्तुवादी हुनुपर्छ । सबैलाई स्वीकार्य हुनुपर्छ । सबैले स्वीकार्ने खालको हुनुपर्छ ।’

साहले समितिको बैठक कार्यतालिका बनाएर चलाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?