+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

अर्थतन्त्रमा सुधार आउन सकेन : प्रा.डा.गोविन्द पोखरेल

पार्टी केन्द्रीय समितिको बैठकमा नेता पोखरेलले राजस्व लक्ष्यको ७५% पनि पुग्न नसकेको स्थिति रहेको तथ्याङ्क सुनाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले अर्थतन्त्र सुधार हुन नसकेको बताए।
  • उनीहरूले राजस्व लक्ष्यको ७५% पनि पुग्न नसकेको र आर्थिक प्रणालीमा कमजोरी रहेको बताए।
  • उनीहरूले सरकारलाई संविधान संशोधन र महाधिवेशनको तालिका तय गर्न निर्देशन दिनुपर्ने सुझाव दिए।

२० असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा. गोविन्दराज पोखरेल अर्थतन्त्र सुधार हुन नसकेको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा नेता पोखरेलले राजस्व लक्ष्यको ७५% पनि पुग्न नसकेको स्थिति रहेको तथ्याङ्क सुनाए ।

‘बैंक र वित्तीय संस्थामा केही कारोबार भैरहेका छन्, ब्याज दरहरू पनि घटेका छन्, तर निजी क्षेत्रले ऋण लिन चाहेको देखिदैन ।बैकहरुमा खराब ऋणको मात्रा बढेको छ । धेरै बैकहरुको शेयर मुल्य निकै घटेको छ,’ पोखरेलले भने,‘शिथिल आर्थिक अवस्थाले रोजगारको अवसरहरु सिर्जनामा र सरकारको विकासका लक्ष्यमा प्राप्त गर्नमा पनि असर गरेको छ। तीन तहका सरकारहरूको वित्तीय र बजेट अनुशासनको अभावले गर्दा काग्रेसमाथि प्रश्न उठिरहेका छन् ।’

सामान्य मानिस र बौद्धिक वर्गले कांग्रेसलाई के यो त्यही काग्रेस हो जहाँ महेश आचार्य र रामशरण महत जस्ता आर्थिक सुशासनका हस्ती थिए? भनेर सोधिरहेको बताए । प्रणालीगत कमजोरीहरू सच्याउन पार्टीको नीति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानले सरकारमा जाने सबै मन्त्रीहरूलाई बजेट अनुशासन र आर्थिक प्रणालीको आधारभूत नीति र सिद्धान्तको प्रशिक्षण दिनुपर्ने आवश्यकता रहेको उनले सुनाए ।

‘हामीले गठबन्धन गरेर सरकारको स्थिरता त दिएका छौं, तर नीतिगत स्थिरता दिन सकेको छैन । राजनीतिक अस्थिरता निम्त्याउने, फजुल खर्च बढाउने, र केही समुदाय र वर्गको मागलाई सम्बोधन गर्न असफल भएको परिपेक्षमा हामीले संविधान संशोधनको वाचा गरेका थियौं,’ पोखरेलले भने,‘तर पछिल्लो एक वर्षमा हामीले त्यो एजेण्डा बिर्सिएका छौं। यो केन्द्रीय समितिले सरकारलाई अबिलम्व संबिधान समशोधनको कार्य शुरु गर्न निर्देशन दिनु पर्छ ।’

पोखरेलले १५औं महाधिबेशन तालिका सार्वजनिक गरेर आगामी भित्रै गर्नुपर्ने माग विचार राखे । पोखरेलले भने,‘महाधिवेशनको तालिकासँगै नीतिहरूमा सरोकारवालाहरुसंग छलफल र दस्तावेजीकरण गर्ने निर्णय यो बैठकले गर्नुपर्दछ ।

यसले जनताको मनमा नेपाली काग्रेसलाई आफ्नो स्थान बलियो बनाउन र भविष्यमा पार्टीका गतिविधिहरूमा जनताको भागीदारी र स्वामित्व सुनिश्चित गर्न मद्दत गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?