+
एसीसी यू-१६ इस्ट जोन कप :

नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्दै

२०८२ असार  २१ गते ५:५५ २०८२ असार २१ गते ५:५५
नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र सिंगापुरबीच यू-१६ इस्ट जोन कपको फाइनल मलेसियाको वाइएसडी ओभलमा आज बिहान सुरु हुन्छ।
  • नेपालले यस प्रतियोगितामा अपराजित रहँदै उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ।
  • सिंगापुर समूह चरणमा नेपालसँग पराजित भएको थियो।

२१ असार, काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि आज सिंगापुरसँग खेल्दै छ । नेपाल र सिंगापुरबीचको फाइनल खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा विहान पौने ८ बजेदेखि सुरु हुनेछ ।

नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको छ ।

नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो ।

आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले अपराजित रहेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

एसीसी यू-१६ इस्ट जोन कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय