News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भक्तपुरको मध्यपुर ठिमीमा सम्पन्न प्रथम फाइभ ए साइड राष्ट्रिय महिला हक्की च्याम्पियनसिपको उपाधि जित्यो।
- सुदुरपश्चिम प्रदेशलाई २-० गोलले पराजित गर्दै उपाधि जितिएको हो र विजेताले ५० हजार रुपैयाँ प्राप्त गरे।
- च्याम्पियनसिपमा ६ टोलीले भाग लिएका थिए र उत्कृष्ट खेलाडी, रक्षक, गोल किपर र उदयमान खेलाडीको पुरस्कार वितरण भयो।
२१ असार, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीमा सम्पन्न प्रथम फाइभ ए साइड राष्ट्रिय महिला हक्की च्याम्पियनसिपको उपाधि नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
शनिबार सम्पन्न च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिम प्रदेशलाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
विजेता टोली त्रिभुवन आर्मीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता भएको सुदुरपश्चिम प्रदेशले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
च्याम्पियनसिपको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी सरस्वती तामाङ हुँदा उत्कृष्ट रक्षक सुदुरपश्चिमकी पुर्णिमा नेगी भइन् ।
त्यसैगरी उत्कृष्ट गोल किपर त्रिभुवन आर्मीकी कुष्मा राना मगर, उच्च गोलकर्ता सुदुरपश्चिमकै आशिका एसके भइन् । च्याम्पियनसिपको उदयमान खेलाडी बागमतीकी सपना स्याङ्बो घोषित भइन् ।
नेपाल हक्की संघले आयोजना गरेको ५ ए साइड हक्की च्याम्पियनसिपमा सुदुरपश्चिम प्रदेश, बागमती प्रदेश, कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र सेनाको त्रिभुवन आर्मी क्लब गरेर ६ टोलीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4