+
+
Shares

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई सम्बोधन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते ८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई स्पेन भ्रमणबारे जानकारी दिनेछन्।
  • उनी विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका थिए।
  • प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ ।

२३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् ।

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्क्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । एक साता लामो स्पेन बसाइको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसहित संयुक्त राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता पनि गरेका थिए ।

प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले स्पेन भ्रमणबारे जानकारी दिने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?