+
+
Shares

क्याप्टेन रामेश्वर थापाको बायोग्राफी फिल्म ‘क्याप्टेन साब’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कथानक फिल्म 'क्याप्टेन साब' गुरु पूर्णिमाको अवसरमा गौरीघाटमा पूजा गरी निर्माण हुने भएको छ।
  • दीपेन्द्र के खनालले निर्देशन गर्ने यो फिल्म पाइलट तथा संचार उद्यमी रामेश्वर थापाको बायोग्राफी हो र भदौको पहिलो सातादेखि छायांकन सुरु हुनेछ।
  • फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइलीले अभिनय गर्नेछन् र निर्मातामा खनाल, करण श्रेष्ठ र सृष्टिमा खनाल छन्।

काठमाडौं । कथानक फिल्म ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ । गुरु पूर्णिमाको अवसरमा विहीबार गौरीघाटमा शुभसाइत पूजा गरियो ।

दीपेन्द्र के खनालले निर्देशन गर्ने यो फिल्म पाइलट तथा संचार उद्यमी रामेश्वर थापाको बायोग्राफी हो ।

फिल्मको मूर्हत सटमा व्यवसायी उपेन्द्र महतोले कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो ।

पटकथा प्रडक्सनको ब्यानरमा बन्ने फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त सञ्जोग रसाइलीले अभिनय गर्नेछन् ।

निर्देशक खनालले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएर फिल्म बनाएका थिए । कृष्णबहादुर थापा छायाँकार रहेको फिल्मको छायांकन काठमाडौंसँगै चितवन र काभ्रेमा हुनेछ ।

छायांकन भदौको पहिलो सातादेखि सुरु हुनेछ । ‘क्याप्टेन साब एक फरक खालको फिल्म हुनेछ । क्याप्टेन रामेश्वर थापाको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर इन्टरटेनमेन्ट चलचित्र बनाउने छौँ’ निर्देशक खनालले भने ।

उनले भने, ‘क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यवसायमा जोडिन आउने विभिन्न तहका व्यक्तिलगायत पक्ष समेट्दा आफैँमा गज्जवको चलचित्र बन्ने हाम्रो विश्वास छ ।’

यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो फिल्मको निर्मातामा निर्देशक खनालसँगै स्वयंसँगै करण श्रेष्ठ र सृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?