+

टी-२० विश्वकप छनोटमा यस्तो छ नेपालको खेलतालिका

२०८२ असार  २६ गते १३:०७ २०८२ असार २६ गते १३:०७
टी-२० विश्वकप छनोटमा यस्तो छ नेपालको खेलतालिका

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।
  • प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ।
  • समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

२६ असार, काठमाडौं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।

यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। यस प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन्। सहभागी टोलीहरू तीन–तीनको समूहमा विभाजित छन्।

समूह १ मा युएई, मलेसिया र कतार छन्। समूह २ मा नेपाल, कुवेत र जापान छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्।

नेपालले समूह चरणको पहिलो खेल अक्टोबर ८ मा कुवेतविरुद्ध खेल्नेछ। दोस्रो खेल भने अक्टोबर १० मा जापानविरुद्ध हुनेछ।

समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्स चरण अक्टोबर १२ देखि १७ सम्म हुनेछ।

समूह चरणको पूरा खेल तालिका यसप्रकार छ:

अक्टोबर ८ – ओमान भर्सेस् सामोआ
अक्टोबर ८ – युएई भर्सेस् कतार
अक्टोबर ८ – नेपाल भर्सेस् कुवेत

अक्टोबर ९ – मलेसिया भर्सेस् कतार
अक्टोबर ९ – कुवेत भर्सेस् जापान
अक्टोबर ९ – पपुवा न्यूगिनी भर्सेस् सामोआ

अक्टोबर १० – युएई भर्सेस् मलेसिया
अक्टोबर १० – नेपाल भर्सेस् जापान
अक्टोबर १० – ओमान भर्सेस् पपुवा न्यूगिनी

सुपर सिक्स चरणको खेल तालिका यसप्रकार छ:

अक्टोबर १२ – समूह ३ को पहिलो टोली भर्सेस् समूह १ को दोस्रो टोली
अक्टोबर १२ – समूह १ को पहिलो टोली भर्सेस् समूह २ को पहिलो टोली
अक्टोबर १२ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह २ को दोस्रो टोली

अक्टोबर १३ – समूह ३ को पहिलो टोली भर्सेस् समूह १ को पहिलो टोली
अक्टोबर १३ – समूह २ को पहिलो टोली भर्सेस् समूह १ को दोस्रो टोली

अक्टोबर १५ – समूह २ को दोस्रो टोली भर्सेस् समूह १ को दोस्रो टोली
अक्टोबर १५ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह १ को पहिलो टोली
अक्टोबर १५ – समूह ३ को पहिलो टोली भर्सेस् समूह २ को पहिलो टोली

अक्टोबर १६ – समूह १ को पहिलो टोली भर्सेस् समूह २ को दोस्रो टोली
अक्टोबर १६ – समूह १ को दोस्रो टोली भर्सेस् समूह ३ को दोस्रो टोली

अक्टोबर १७ – समूह २ को दोस्रो टोली भर्सेस् समूह ३ को पहिलो टोली
अक्टोबर १७ – समूह ३ को दोस्रो टोली भर्सेस् समूह २ को पहिलो टोली

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय