+
+
Shares

महाधिवेशनबाट पारित विधानबारे टिप्पणी गर्नु अराजकता : शंकर पोखरेल

पार्टीमा संगठनात्मक अराजकता क्षम्य नहुने भएकाले अवज्ञा नगर्न पोखरेलले चेतावनी पनि दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १३:५७

२६ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनबाट पारित विधानका बारेमा टिप्पणी गर्नु संगठनात्मक अराजकता हुने बताएका छन् ।

जनसंगठनहरुका पदाधिकारी र इन्चार्जको भेला गरेर पोखरेलले संगठनात्मक अराजकताको प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

‘विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्छ,’ उनले भने,  ‘दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहर आफै अनुमोदन गर्ने अनि अहिले आफै प्रश्न गर्दै हिड्ने कुरा अनैतिक हो ।’

अनैतिक कुरा गर्दै हिड्नेहरुको प्रतिवाद गरिनुपर्ने उनले बताए । ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिड्ने कुरा अनुशासनहीन र अराजक हो, जसले यस्ता गतिविधि गर्द, त्यसको प्रतिवाद गर्नुपर्छ’, पोखरेलले भने ।

पार्टीमा संगठनात्मक अराजकता क्षम्य नहुने भएकाले अवज्ञा नगर्न पोखरेलले चेतावनी पनि दिए । एमालेमा लगातार दुई कार्यकाल भन्दा बढी एउटै पदमा बस्न नहुने पार्टी विधान संशोधन गरिएकोप्रति विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?