+
+
Shares

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
  • समिति सभापति ऋषिकेश पोखरेलले प्रतिवेदनमा बेरुजु फछ्र्यौटका कामहरू र समसामयिक निर्णयहरू समेटिएको बताए।
  • समितिले असार ३१ गते सदनमा २३औँ वार्षिक प्रतिवेदन पेस गर्ने तयारी गरेको छ।

२६ असार, काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।

उनका अनुसार प्रतिवेदनमा बेरुजु फछ्र्यौटका कामहरू तथा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेस गर्ने समितिको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?