+
+
Shares

काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १७:१२

२६ असार, काठमाडौं । काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

मृत्यु हुनेमा काभ्रे चौरीदेउराली–३ घर भएकी ६५ वर्षीया उर्मिला तामाङ रहेको प्रहरीले जनाएको छ ।

मृतक शारीरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको बोहराले बताए ।

आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

उनका अनुसार, घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?