+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

माइक्रोसफ्टबाट १८ हजारले जागिर गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ६ गते १०:१२

Microsoft_0अमेरिकी कम्पनी माइक्रोसफ्टको जागिरबाट १८ हजार कर्मचारीले हात धुनुपर्ने भएको छ । माइक्रोसफ्टको कर्मचारी कटौतको नयाँ योजना अनुसार यो वर्षभरिमा १८ हजार जना कर्मचारीले जागिर गुमाउनेछन् । जसमध्ये साढे १२ हजारले छिटै नै जागिरबाट हात धुनुपर्नेछ ।

कम्पनीका प्रमुख कार्यकारी सत्य नादेलाले पहिलो चरणमा १३ हजार पद सक्रिय रुपमै घटाइसकेको जानकारी दिादै ती मध्ये अधिकांसले आगामी ६ महिनामै सूचना पाइसक्ने बताएका छन् ।

जागिर गुमाउनेमा धेरैजसो नोकिया मोबाइल विभागमा कार्यरत कर्मचारी हुनेछन् । नोकिया मोबाइल कम्पनी खरीद गरेसागै नोकियाका २५ हजार कर्मचारी माइक्रोसफ्ट कम्पनीमा थपिएका थिए ।  अब नोकियाको डिभाइस तथा सेवा विभागमा केवल साढे १२ हजार कर्मचारी मात्र राखिनेछ । माइक्रोसफ्टको कर्मचारी कटौती अभियानमा तल्लो वर्गका कर्मचारी मात्र नभएर कतिपय व्यवस्थापकीय तहका कर्मचारी समेत पर्नेछन् भने त्यसपछि बन्ने चुस्त साँगठनिक संरचनाबाट नोकिया फोन युनिटतर्फका अब्बल कर्मचारीलाई माइक्रोसफ्टको उपल्लो तहमा समेत ल्याइनेछ ।

ठूला प्रविधि कम्पनीहरु पछिल्लो समयमा कर्मचारी कटौतीतर्फ लागेका छन्। गुगलले गएको वर्ष मोटोरोला कम्पनी बिक्रिअघि ६ हजार कर्मचारीलाई घर फर्काएको थियो ।
माइक्रोसफ्टले जागिरबाट हटाएका कर्मचारीलाई उपदान तथा सेवाबापत निश्चित रकम दिनेछ । साथै, उनीहरुलाई नयाँ जागिर खोज्नका लागि सहयोग समेत गर्ने बताइएको छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?