+
+
Shares

एमाले नेतृत्वलाई थपलियाको सुझाव- विधान महाधिवेशनको निर्णय तीन महिना नटिक्ने हुनु हुँदैन

तर पार्टीको अर्को हिस्सा महासचिव पोखरेलको तर्क मान्न तयार भइरहेका छैनन् । उनीहरुका अनुसार विधान महाधिवेशनमा यो एजेण्डा उठ्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते २०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेमा पार्टी विधानको व्यवस्थालाई लिएर मतभेद बढ्दै जाँदा महासचिव शंकर पोखरेलले विधानको पक्षमा निर्देशन दिइरहेका छन्।
  • पोखरेलले दुई कार्यकालभन्दा बढी एउटै पदमा नबस्ने र ७० वर्षे उमेर हद हटाइएको तर्क गरेका छन्, तर पार्टीको अर्को पक्ष यो मान्न तयार छैन।
  • बुद्धिजिवी परिषद् अध्यक्ष गजेन्द्र थपलियाले विधान महाधिवेशनको निर्णय तीन महिना पनि नटिकेको भन्दै आत्मलोचना गर्नुपर्ने बताएका छन्।

२६ असार, काठमाडौं । नेकपा एमालेभित्र पार्टी विधानको व्यवस्थालाई लिएर मतभेद बढ्दै गएको छ । महासचिव शंकर पोखरेल सहित केही नेताले दिनहुँजसो कार्यक्रम राखेर संस्थागत निर्णयको पक्षमा उभिन निर्देशन दिइरहेका छन् ।

सातै प्रदेशका पदाधिकारी, ७७ जिल्ला नेतृत्व, जनसंगठनका पदाधिकारी र पार्टी केन्द्रीय सदस्यहरुलाई महासचिव पोखरेलले विधानको व्यवस्था सम्झाइरहेका छन् ।

महासचिव पोखरेलले दुई कार्यकाल भन्दा बढी एउटै पदमा रहन नपाउने विधानको व्यवस्था दशौं राष्ट्रिय महाधिवेशनले हटाइसकेको र ७० वर्षे उमेर हदलाई केन्द्रीय कमिटीले हटाएको तर्क गरिरहेका छन् ।

तर पार्टीको अर्को हिस्सा महासचिव पोखरेलको तर्क मान्न तयार भइरहेका छैनन् । उनीहरुका अनुसार विधान महाधिवेशनमा यो एजेण्डा उठ्नेछ ।

यसै सन्दर्भमा बिहीबार जनसंगठनका पदाधिकारीहरुसँग बैठक राखिएको थियो । त्यहाँ जनसंगठनका नेताहरुले आ-आफ्नो संगठनको अवस्था र पार्टी विधानबारे संक्षेपमा कुरा राखे ।

स्रोतका अनुसार जनसंगठनका नेताहरु मध्ये बुद्धिजिवी परिषद्‌का अध्यक्ष गजेन्द्र थपलियाको मत केही भिन्न थियो । थपलियाले पार्टी निर्णयको दुर्दशिताबारे प्रश्न गरेका थिए ।

विधान महाधिवेशनको निर्णय तीन महिना पनि नटिक्ने परिस्थितिमाथि आत्मलोचना गर्नुपर्ने तर्क गरेका थिए । ‘म आफैं आत्मालोचित छु, विधान महाधिवेशनको निर्णय तीन महिना पनि टिकेन’, थपलियाले भनेका थिए ।

विधान महाधिवेशनबाट पारित नीतिकै आधारमा राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन हुनुपर्ने उनको तर्क थियो । तर दशौं राष्ट्रिय महाधिवेशनले विधान महाधिवेशनबाट पारित भएको नीति परिवर्तन गरेको सन्दर्भमा आत्मालोचित हुनुपर्ने थपलियाले बताएका थिए ।

२०७८ असोजको दोस्रो साता गोदावरीमा सम्पन्न विधान महाधिवेशनबाट पारित नीति दुई महिनाभित्रै चितवन महाधिवेशनमा पुगेर परिवर्तन भएको थियो । थपलियाले यस्तो अवस्था आउन दिन नहुने तर्क गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?