+
+
Shares

वैदेशिक रोजगारलाई पलायन भन्नु आपत्तिजनक : सचिव पुष्कर

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते ११:२३

२७ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारलाई ‘पलायन’  भन्ने भाष्य खडा गरेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पुष्करले वैदेशिक रोजगारलाई पलायन भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताएका हुन् ।

‘एउटा गलत न्यारेटिभ्स नेपालमा के देखिएको छ भने श्रम आप्रवासन पलायन, पलायन, पलायन भन्ने गरिएको छ । बुझेर हो कि नबुझेर हो हामीलाई थाहा छैन । तर वैदेशिक रोजगार पलायन होइन,’ उनले भने ।

सचिव पुष्करले थपे, ‘यो आर्थिक क्रियाकलापको स्रोत हो, अनुभव सिक्ने अवसर पनि हो ।’

यस्तो भाष्य ठूला बडाहरूले फैलाउने गरेको उनको आरोप छ । उनले प्रश्न गरे, ‘ठूला बडाका सन्तानहरू विदेशमा अध्ययन गर्न जाने र उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने तर नेपालमा श्रम नपाएर साउदी, कतार, मलेसिया लगायतका देशहरुमा काम गर्न जाँदा पलायन कसरी हुन्छ ?’

उनले शोसकहरूले आर्थिक अवस्था कमजोर रहेका सोझासाझा जनताहरूलाई शासन गर्ने संयन्त्रका रूपमा नभई षड्यन्त्रका रूपमा लिने गरिएको बताए ।

उनले अध्यागमनको तथ्यांकअनुसार करिब ५५ लाख विदेश गएकोमा ४५ लाख फर्किएर आएको देखिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?