+

नासा नेपालको एडभाइजरी बोर्डको बैठक सम्पन्न

२०८२ असार  २७ गते १५:१८ २०८२ असार २७ गते १५:१८
नासा नेपालको एडभाइजरी बोर्डको बैठक सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा) को केन्दिय सल्लाहकार समितिको प्रथम बैठक २७ असारमा काठमाडौंमा सम्पन्न भएको छ।
  • बैठकमा नासाका पदाधिकारी र सदस्यहरूले चालु आवका कार्यक्रमहरू, कार्ययोजना, र सुधारका विषयमा छलफल गरी प्रस्तावहरू पारित गरेका छन्।
  • एडभाईजरी बोर्डद्वारा पारित प्रस्तावहरू नासाको एघारौं साधारण सभाबाट अनुमोदन गरी छिटो कार्यान्वयन गरिने नासा नेपालले जनाएको छ।

२७ असार, काठमाडौं । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा) नेपालको केन्दिय सल्लाहकार समिति (एडभाईजरी बोर्ड)को प्रथम बैठक शुक्रबार सम्पन्न भएको छ ।

होटल रोयल टुलिप ग्वार्कोमा भएको बैठकमा संघको एडभाईजरी बोर्ड सदस्यहरु डा. धनञ्जय रेग्मी, अनिल भण्डारी, ठाकुर प्रसाद न्यौपाने, रितु भट्ट, अच्यूत गुरागाई, शिवहरि सापकोटा तथा नासा फाउण्डेशन नेपालका संयोजक कृष्ण सिंह बस्नेत समेतको आजको बैठकमा उपस्थिति रहेको थियो ।

संघको उपाध्यक्ष सिताराम न्यौपाने, सचिव दिप्रश शाक्य लगायतका पदाधिकारीको उपस्थितिमा सम्पन्न सो बैठकले विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

संघले चालु आवमा सम्पन्न गरेका स्पोटर्स ईभेन्टहरु, सेफर मोबिलिटि तथा टुरिजम सम्बन्धि कार्यक्रमहरु, मार्शल एथलेट्स सम्बन्धि तालिमहरु तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीता सम्बन्धि रिपोर्ट प्रस्तुति र पारित गरिएको नासा नेपालले जनाएको छ ।

यस्तै बैठकमा सोही क्षेत्रमा आगामी दिनमा गरिने कार्ययोजना समेतको लागी सुझाव संकलन गरिएको छ ।

साथै संघको कार्यविभाजन सम्बन्धि संसोधित प्रस्ताव र संघ तथा कार्यसमितिको उपलब्धि र र आगामी दिनमा सुधार गर्नुपर्ने विविध विषयका बारेमा समेत छलफल गरि सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको नासा नेपालले जनाएको छ ।

संघले निकट भविष्यमा शुरु गर्ने मोटरिङ एकेडेमी, पर्यटकिय परियोजनाहरु तथा पोलिसी डायलग फर अटोमोबाइल एण्ड बेटर मोबिलिटी सम्बन्धि नीतिगत सम्मेलनको बारेमा समेत विशेष छलफल गरेको छ ।

एडभाईजरी बोर्डद्वारा पारित गरिएकव प्रस्ताव तथा सुझावहरुलाईनासा नेपालको एघारौं साधारण सभाद्वारा अनुमोदन गर्ने र यथासक्य छिटो कार्यन्वयन गरिने पनि नासा नेपालले जनाएको छ ।

नेपाल अटोमोबाईल्स एसोसिएसन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय