
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक रुपेश तामाङले नयाँ फिल्म 'एक्का तीन' निर्माण गर्ने घोषणा गरेका छन्।
- फिल्मलाई एक्सन जनरामा निर्माण गरिनेछ र सुमन गजमेरले लेखन गर्नेछन्।
- फिल्मको मुख्य भूमिकामा पूजा शर्माले काम गर्ने पक्का भएको छ र छायांकन चाँडै सुरु हुनेछ।
काठमाडौं । गतबर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।
उनले निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘एक्का तीन’ राखिएको छ । सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ ।
फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ । जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो । फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ ।
थीम पोस्टरमा तीनजना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । फिल्मको मुख्य भूमिकामा पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ ।
तर, अन्य मुख्य पात्रको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन । ‘एक्का तीन-च्याप्टर १’ भनिएकाले पनि यो फिल्मको दोस्रो सिरिज पनि बन्ने संकेत निर्माणपक्षले दिएको छ ।
यसपटक फिल्ममा एक्सन, सस्पेन्स र बलियो कथा रहेको रुपेशको भनाई छ । आफूले यसअघिका फिल्ममा गरेका कमीकमजोरीलाई समेत सच्चाएर यो फिल्म निर्देशन गर्ने रुपेश बताउँछन् ।
फिल्मको छायांकन चाडै नै सुरु हुनेछ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम धमाधम चलिरहेको छ ।
प्रतिक्रिया 4