+
+
Shares

विमानस्थलका कर्मचारीले यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

संहिताअनुसार विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले प्रस्थान गर्ने यात्रुलाई कम्तिमा ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २७ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कर्मचारीका लागि नैतिक संहिता लागू गरेको छ।
  • कार्यालयले कर्मचारीलाई यात्रुप्रति शिष्ट व्यवहार गर्न, कानुन र सामाजिक मूल्यप्रति जिम्मेवार बन्न निर्देशन दिएको छ।
  • कर्मचारीको व्यवहार नियमन गर्न १५ वटा हेल्प डेस्कमार्फत प्रतिक्रिया र गुनासो स्वच्छिकरुपमा दिन सकिने व्यवस्था गरिएको छ।

२७ असार, काठमाडौं । अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीका लागि नैतिक संहिता लागू गरेको छ ।

विमानस्थलमा कार्यरत अध्यागमन कर्मचारीलाई यात्रुप्रति शिष्ट, सम्मानजनक र सौहार्दपूर्ण व्यवहार गर्न कार्यालयले निर्देशन दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीलाई कानुन, सामाजिक/सांस्कृति मूल्यप्रति जिम्मेवार र संवेदनशील बन्न समेत निर्देशन दिएको छ ।

‘कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेशागत आचरण र व्यवहारका माध्यमबाट आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई थप छिटोछरितो, निष्पक्ष, पारदर्शी बनाउन नैतिक संहिता (कोड अफ इथिक्स) लागू गरिएको कार्यालयले जनाएको छ ।

संहिताअनुसार विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले प्रस्थान गर्ने यात्रुलाई कम्तिमा ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने छ ।

यस्तै वाह्य मुलुकबाट नेपाल भित्रिनेलाई कम्तिमा ‘वेलकम इन नेपाल’, ‘ह्याभ अ नाइस डे’ भन्नुपर्ने, थोरै र आवश्यक प्रश्नहरु मात्रै गर्नुपर्ने, खाडी मुलुकहरु लगायतमा श्रम/काम गर्न प्रस्थान गर्नेहरुसँग सम्मानजनक शब्दहरु प्रयोग गर्नुपर्ने कार्यालयले जारी गरेको संहितामा उल्लेख छ ।

रुखो व्यवहार गर्न नगर्ने, बोली वचनमा मिठासपन देखाउनेपर्ने जस्ता अनुशासन पालनाका कुरा समेत कार्यालयले लागू गरेको संहितामा समेटिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमाननस्थल देशकै मुहार झल्कने ठाउँ भन्दै कार्यालयले पर्यटकहरुसँगको बोलीबचन र हाउभाउले आत्मियता प्रदान गर्ने लगायतका विषय संहितामा उल्लेख छ ।

कर्मचारीहरुले संहिता पालना गरी सो अनुरुप व्यवहार गरे/नगरेको१५ वटा हेल्प डेस्कमार्फत नियमन (एक्जिट सर्भे प्रणाली) गरिनेछ । यात्रुहरुले ति हेल्प डेस्कमा कर्मचारीका व्यवहारको प्रतिक्रिया वा गुनासो स्वच्छिकरुपमा दर्ज गराउन सक्नेछन् ।

त्रिभुवन विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले आन्तरिक र वाह्य मुलुकका यात्रुसँग अशिष्ट व्यवहार गर्ने गरेको गुनासो हुने गरेको छ ।

विशेषगरी खाडी मुलुकमा श्रम गर्न जाने र फर्किनेहरुसँग कर्मचारीले अभद्रता देखाउने गरेको भन्दै आलोचना हुँदै आएको छ ।

त्यसैलाई चिर्न कार्यालयले शुक्रबारदेखि कर्मचारीहरुका हकमा संहिता लागू गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?