+
+
Shares

१६ स्ववियु सभापतिले भने-त्रिवि सिनेटमा विद्यार्थी प्रतिनिधित्व मनोनयनबाट होइन, निर्वाचनबाट होस्

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २८ गते १३:२८

२८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १६ वटा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरूले त्रिवि सिनेटमा हुने विद्यार्थी प्रतिनिधित्व मनोनयनबाट नभइ निर्वाचन प्रक्रियामार्फत हुनुपर्ने माग गरेका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सभापतिहरूले विश्वविद्यालय प्रशासनले अपारदर्शी ढंगबाट प्रतिनिधि चयन गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् । प्रतिनिधित्वको विषयमा हालसम्म स्पष्ट कानुनी व्यवस्था नभएको मौकामा त्रिविको कार्यकारी परिषद्ले आफ्नै सिफारिसका आधारमा कुलपति तथा प्रधानमन्त्रीमार्फत मनोनयन गर्न लागिएको उनीहरूको आरोप छ ।

‘सम्पूर्ण क्याम्पसका सभापतिहरू बराबरी अधिकारका हकदार हुन्’, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘त्यसैले प्रतिनिधित्व पनि निष्पक्ष प्रतिस्पर्धा वा निश्चित विधिको निर्वाचनमार्फत मात्र हुनुपर्छ।’

सभापतिहरूले मनोनयन प्रक्रियालाई लोकतान्त्रिक मूल्य र विद्यार्थीको अधिकारमाथिको सिधा हमला ठहर गरेका छन्। लाखौं विद्यार्थीको भविष्य निर्माण गर्ने निकायमा अवैध रूपमा प्रतिनिधि पठाउने चलनको विरोध गर्दै उनीहरूले भविष्यमा यस्तो प्रक्रिया दोहोरिन नदिन निर्वाचनसम्बन्धी स्पष्ट कार्यविधि बनाइनुपर्नेमा जोड दिएका छन् ।

यसैबीच, हालै विद्यार्थी प्रतिनिधिविनै बसेको त्रिविको सिनेट बैठकप्रति पनि उनीहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । आफूहरूले निरन्तर बौद्धिक स्वतन्त्रता र अधिकारका लागि आवाज उठाइरहेका बेला विश्वविद्यालय प्रशासनले लोकतान्त्रिक अभ्यासलाई बेवास्ता गर्नु दुर्भाग्यपूर्ण भएको उनीहरूको भनाइ छ ।

सभापतिहरूले माग पूरा नभए कानुनी र आन्दोलनात्मक दबाब सिर्जना गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?