+
+
Shares

परोपकारी काम गर्नुपर्छ, मान्छेले मर्दा केही लैजाँदैन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २८ गते १७:०५

२८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी कार्य सबैले गर्न सिक्नुपर्ने बताएका छन् । मानिसले मर्दा केही नलैजाने भन्दै आफ्ना कामहरूबाट स्मरण गर्नसक्ने बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

शनिबार झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

‘परोपकारी कार्य गर्नुपर्छ । यस कार्यबाट अरुले पनि परोपकारी कार्य सिक्नुपर्छ, अनुशरण गर्नुपर्छ’ उनले भने, ‘मानिसले मर्दा केही पनि लैजाँदैन, काम कृतिहरु स्मरण गर्ने हो । अहिले भन्दा १०२ वर्षअघि जन्मिनुभएकी भागिरथा न्यौपानेको नाममा अहिले हामी अस्पतालको नामकरण गर्दैछौं ।’

गत असोज १० गते उक्त अस्पताल भवनबाट सेवा शुभारम्भ गर्दा भागिरथा न्यौपानेका छोराहरू हरिप्रसाद तथा कुलप्रसादले संयुक्त रुपमा अस्पताल भवनलाई रिबन काटेर त्यहाँबाट सेवा शुभारम्भ गराएका थिए । त्यो बेला विधिवत् रुपमा उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भइसकेको थिएन ।

यसअघि पटक/पटक प्रयास गर्दा पनि जग्गादाताको नाम जोडेर उक्त अस्पतालको नामकरण हुनसकेको थिएन । गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल स्वीकृति प्रदान गरेपछि स्वीकृत नाम सहित अस्पताल भवनको शनिवार विधिवत् उद्घाटन गरिएको हो ।

२०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शय्यामा सञ्चालित छ । अस्पतालले बीमा सुविधा, ल्याव, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध गराउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?