+
+
Shares

दुर्गेशको नयाँ गीत ३ दिनमै युट्युब म्युजिकको ‘ग्लोबल ट्रेन्डिङ’मा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २८ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुर्गेश थापा र सिसन बानियाँको गीत ‘जाने भए जाम माया’ले २४ घण्टाभित्र अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बनेको छ।
  • रिलिजको ३ दिनमै यो गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समावेश भई ४० लाख भ्यूज बटुलेको छ।
  • दुर्गेशले सामाजिक संजालमार्फत प्रशंसकलाई धन्यवाद दिएका छन् र उनी युट्युब म्युजिकको लिस्टमा दुई पटक समेटिने पहिलो नेपाली संगीतकर्मी बनेका छन्।

काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले नेपाल मात्र होइन केही विदेशी मुलुकको युट्युब भ्यूजमा समेत उछाल ल्याएको छ ।

रिलिजको २४ घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड रचेको यो गीत अमेरिकामा केही दिनअघि युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बन्यो । अस्ट्रेलियामा ट्रेन्डिङको शीर्षस्थानमा आउने पहिलो नेपाली गीत समेत बन्यो ।

रिलिजको तीन दिनमै यसले अर्को रेकर्ड रचेको छ । त्यो हो- सबैभन्दा छिटो युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा आउने कीर्तिमान । रिलिजको ३ दिनमै यो गीत ४० लाख भ्यूज बटुल्दै युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ ।

यो समाचार लेख्दासम्म यो गीत युट्युब म्युजिकको ‘ग्लोबल डेली टप म्युजिक भिडियोज’को १० औं स्थानमा स्ट्रिमिङ भैरहेको छ । शनिबार दिउँसो यो गीत सूची अपडेट भएको हो । दुर्गेशले यो उपलब्धिका लागि सामाजिक संजालमार्फत प्रशंसकलाई धन्यवाद दिएका छन् ।

यसअघि अन्य गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा आउन केही साता लाग्थ्यो । दुर्गेशको अघिल्लो गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युब म्युजिक र ‘टप हन्ड्रेड म्युजिक भिडियोज ग्लोबल’ दुबै सूचीमा समावेश भैसकेको छ । नयाँ गीत भने ‘टप हन्ड्रेड म्युजिक भिडियोज ग्लोबल’ सूचीमा शनिबार बेलुकासम्म आइसकेको छैन ।

युट्युबले पछिल्लो २४ घण्टामा धेरै पटक हेरिने भाइरल गीतलाई भ्यूजको आधारमा ‘ग्लोबल डेली टप म्युजिक भिडियोज’को सूचीमा समावेश गर्छ । पछिल्लो समय उत्कृष्ट पर्फमेन्स गर्ने ट्रेन्डिङ कन्टेन्ट र दैनिक भ्यूजमा आधारमा युट्युब म्युजिकले यो सूची तयार पार्छ ।

‘टप हन्ड्रेड म्युजिक भिडियोज् ग्लोबल’को सूची भने साप्ताहिकरुपमा अपडेट हुने गर्छ । यसमा सर्वकालिन समय र भ्यूजका गीत पनि समेटिन्छन् ।

दुर्गेश युट्युब म्युजिकको लिस्टमा सर्वाधिक २ पटक समेटिने नेपाली संगीतकर्मी बनेका छन् । यसअघि यो लिस्टमा सुशान्त केसी, एकदेव लिम्बु, एसडी योगी र बाबुकृष्ण परियारको ‘कश्मिरे पछ्यौरी’ एक एक पटक समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?