+
+
Shares

नबिल बैंकको ऋणपत्र साउन ६ देखि खुल्ने, कति पाइन्छ ब्याज ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते ९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले ८ वर्षे अवधिको ऋणपत्र साउन ६ देखि निष्कासन गर्ने भएको छ।
  • यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् र अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिनेछ।
  • सर्वसाधारणले छिटोमा साउन ९ र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन्।

३० असार, काठमाडौं । नबिल बैंकले ८ वर्षे अवधिको ऋणपत्र साउन ६ देखि निष्कासन गर्ने भएको छ । यो ऋणपत्रका लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याज पाउने छन् । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने र ८ वर्षपछि साँवा फिर्ता हुने बैंकले जनाएको छ ।

‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक यस ऋणपत्रमा सर्वसाधारणले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

अंकित मूल्य १ हजारका दरले बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १२ लाख कित्ता (६० हजार सामूहिक लगानी कोषसहित) सर्वसाधारणका लागि निष्कासन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?