
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता जीवन लुइँटेलले साउन पहिलो साता कान्तिपुर थिएटरमा नाटक 'शिरिषको फूल'को मंचन गर्ने तयारी गरिरहेका छन्।
- जीवनले निर्देशक विकास आचार्यसँग फिल्म श्रृंखला 'नाइँ नभन्नु ल ७' मा पुनरागमनको प्रारम्भिक छलफल गरिरहेका छन्।
- उहाँले सन् २०२५ बाट फिल्मबाट पुनरागमन गर्ने बताउनुभयो र निकट भविष्यमै 'नाइँ नभन्नु ल ७' हेर्न पाइने सम्भावना छ।
काठमाडौं । अभिनेता तथा ‘मिस्टर नेपाल’ जीवन लुइँटेल यतिबेला नाटक खेल्न नेपाल आइपुगेका छन् । उनले अभिनय गर्ने नाटक ‘शिरिषको फूल’को मंचन साउन पहिलो साता कान्तिपुर थिएटरमा सुरु गर्ने तयारी छ ।
उनले यो नाटकबाट ७ वर्षपछि अभिनयमा पुनरागमन गर्दैछन् । तर, फिल्म चाहिँ कहिले त ? यसबारे पनि नयाँ खबर छ । जीवनले अनलाइनखबरसँग फिल्ममा पुनरागमनको तयारीबारे ‘एक्सक्लुसिभ’ कुरा खुलाएका छन् ।
यतिबेला निर्देशक विकास आचार्य र जीवनबीच बहुचर्चित फिल्म श्रृंखला ‘नाइँ नभन्नु ल ७’लाई लिएर कुरा भैरहेको छ । जीवन नेपाल आएलगत्तै निर्देशक आचार्यले जीवनसँग यो फिल्मलाई लिएर प्रारम्भिक छलफल अघि बढाएका छन् । जीवन पनि यसप्रति सकारात्मक छन् ।
‘विकास दाईसँग कुरा भएको छ । हामी यसबारे थप अघि बढ्छौं’ जीवनले अनलाइनखबरसँग भने ।
हामीसँगको कुराकानीमा जीवनले सन् २०२५ वर्षबाटै आफूले फिल्मबाट पुनरागमन गर्ने बताइसकेका छन् । सबै कुरा ठीकठाक भए, हामीले निकट भविष्यमै ‘नाइँ नभन्नू ल ७’ हेर्न पाउनेछौं । जीवनलाई यतिबेला अन्य फिल्मबाट समेत प्रस्ताव आइरहेको छ ।
जीवनले ‘नाइँ नभन्नू ल’को पहिलो र दोस्रो भागमा अभिनय गरेका थिए । जुन निकै हिट भएको थियो । विकास यतिबेला कथामा केही ‘सिनेम्याटिक लिबर्टी’ लिएर सातौं श्रृंखला बनाउने तयारीमा छन् ।
३३ फिल्ममा अभिनय गरेका जीवनको पछिल्लो फिल्म ‘सुकुलगुण्डा’ सन् २०१८ मा रिलिज भएको थियो ।
प्रतिक्रिया 4