
News Summary
Generated by OK AI. Editorially reviewed.- खोटाङको वराहपोखरी गाउँपालिका-४ फाक्टाङमा २५ वर्षीया इन्द्रा राईलाई मोबाइल चार्जबाट छुटाउने क्रममा करेन्ट लागेको थियो।
- उनी करेन्ट लागेर घाइते भएकी थिइन् र उपचारका लागि अस्पताल लैजाने तयारीको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
- प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
३१ असार, काठमाडौं । खोटाङमा मोबाइल चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वराहपोखरी गाउँपालिका-४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राई रहेकी छन् ।
प्रहरीका अनुसार सोमबार राति मोबाइल चार्जबाट छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4