+
+
Shares

ओपन एआईले ल्याउँदैछ आफ्नै एआई ब्राउजर

एजेन्सी एजेन्सी
२०८२ असार ३१ गते १३:५७

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआई एउटा भव्य तयारीमा लागिरहेको छ । समाचार अनुसार ओपन एआईले आगामी केही हप्ता भित्रैमा एआई ब्राउजर लञ्च गर्ने योजना बनाएको छ ।

उक्त एआई वेब ब्राउजरको उद्देश्य प्रयोगकर्तालाई ब्राउजरभित्रै सबै जानकारी उपलबध गराउनु हो । ओपन एआईको उक्त ब्राउजर गुगल क्रोमका लागि ठूलो चुनौती बन्न सक्ने आँकलन गरिएको छ । स्मरण रहोस्, हाल इन्टरनेट ब्राउजरको बजारमा गुगल क्रोमको आधिपत्य रहेको छ ।

आम रुपमा ब्राउजर भनेको कुनै पनि वेबसाइटका लागि गेटवेको रुपमा रहन्छ । ओपन एआईको नयाँ एआई ब्राउजर चाहिँ अन्य ब्राउजरभन्दा फरक हुनेछ । उक्त ब्राउजरमा एआईलाई आबद्ध गरिनेछ, जसले प्रयोगकर्तालाई ब्राउजरभित्रै विभिन्न सुविधा उपलब्ध गराउनेछ ।

ओपन एआईको एआई ब्राउजरले प्रयोगकर्तालाई इन्टरनेट ब्राउजिङको एक उत्कृष्ट अनुभव प्रदान गर्नेछ । साथै यसले प्रयोगकर्ताका लागि एक संवादजस्तै माहोल दिनेछ । यसबाट प्रयोगकर्ताले कुनै अन्य वेबसाइटमा नगइकनै ब्राउजरमै सबै जानकारीहरू प्राप्त गर्न सक्नेछन् । समाचार अनुसार यो नयाँ ब्राउजरमा विभिन्न अनलाइन कारोबारका सुविधाहरु पनि हुनेछन् ।

गुगलको बेग्लै तयारी

उता एआईको क्षेत्रमा तीव्रतर विकास गरिरहेको ओपन एआईसँग जुध्नका लागि गुगलले पनि व्यापक तयारी गरिरहेको छ । यसका लागि कम्पनीले पहिले नै एआई ओभरभ्यू तथा एआई मोड जारी गरिसकेको छ । यसको सहयोगबाट प्रयोगकर्ताहरुले आफूलाई लागेको जिज्ञासा सोधेर त्यसलाई एआई मोडमा गएर हेर्न सक्नेछन् । यसका लागि कुनै वेबसाइट वा पोर्टलमा छिर्नु आवश्यक पर्नेछैन ।

क्रोमियममा ब्राउजर तयार गर्दै ओपन एआई

रिपोर्ट अनुसार ओपन एआईले जुन एआई ब्राउजर तयार गरिरहेको छ, त्यो ब्राउजर क्रोमियममा विकास गरिंदैछ । यो एउटा ओपन सोर्स कोड हो । वास्तवमा गुगल क्रोम, माइक्रोसफ्ट एज तथा ओपेरा ब्राउजरले पनि क्रोमियमको प्रयोग गर्दछन् । यसको अर्थ च्याट जिपिटी निर्माताको नयाँ एआई ब्राउजरलाई पनि प्रायेगकर्ताले विद्यमान वेब ब्राउजर जस्तै गरी प्रयोग गर्न सक्नेछन् । तर, यसमा थप अत्याधुनिक एआई फिचरहरु हुनेछन् ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?