+
+
Shares

गाजामा सहायता सामग्री वितरण केन्द्रमा भागदौड, २० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण गाजामा रहेको जीएचएफ सहायता वितरण केन्द्रमा ठूलो भिड र अव्यवस्थित परिस्थितिका बीच २० जनाको मृत्यु भएको छ।
  • जीएचएफका अनुसार १९ जनाको मृत्यु भीडमा किचिएर र एक जनाको छुरा प्रहारबाट भएको हो।
  • संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले पछिल्ला छ हप्तामा गाजाका चारवटा सहायता केन्द्र वरिपरि ६७४ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

काठमाडौं । दक्षिण गाजामा रहेको एक सहायता वितरण केन्द्रमा ठूलो भीड र अव्यवस्थित परिस्थितिका बीच खानेकुरा लिने प्रयास गर्ने क्रममा २० जनाको ज्यान गएको छ ।

अमेरिका र इजरायल समर्थित गाजा मानवीय सहायता केन्द्र (जीएचएफ) का अनुसार तीमध्ये १९ जनाको मृत्यु भीडमा किचिएर भएको हो भने एक जनाको छुरा प्रहारबाट हत्या भएको हो ।

यो घटना खान युनुस क्षेत्रमा जीएचएफ नजिक भएको जनाइएको छ ।

यसअघि खान युनुसको नासेर अस्पतालले १० जनाको शव प्राप्त गरेको जनाएको थियो। जीएचएफको सहायता केन्द्रलाई अमेरिकी निजी सुरक्षाकर्मीहरूले बन्द गरेपछि त्यहाँ भागदौड मच्चिएको थियो ।

जीएचएफले मे महिनाको अन्त्यदेखि सहायता सामग्री वितरणको काम थालेको हो । त्यसयता लगभग प्रत्येक दिन सहायता लिन खोज्दा प्यालेस्टिनीहरूको मृत्युको खबरहरू आइरहेका छन् ।

प्रत्यक्षदर्शीहरूले धेरैजसो मानिसहरूलाई इजरायली सुरक्षाकर्मीहरूले गोली प्रहार गरेर मारिरहेका बताउने गरेका छन् ।

संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले मंगलबार उल्लेख गरेअनुसार पछिल्ला ६ हप्तामा जीएचएफका दक्षिण र मध्य गाजामा रहेका चारवटा सहायता केन्द्र वरिपरि ६७४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?