+
+
WC Series
पोखरा एभेन्जर्स 2025
28/2 (4.4)
VS
९२ बलमा १३८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सानिमा हाईड्रो पहिरो : गम्भीर घाईते सव-इन्जिनियर न्यौपानेको मृत्यु

कपिल कोइराला कपिल कोइराला
२०८२ असार ३२ गते २१:५०

३२ असार, काभ्रेपलाञ्चोक । दोलखाको विगु गाउँपालिकास्थित सानिमा हाइड्रोको बाटो सर्वे गर्ने क्रममा काठको मुढासहित खसेको पहिरोमा परेर गम्भीर घाइते सव इन्जिनियर सुनील न्यौपानेको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतोका अनुसार गम्भिर घाईते भएर तत्काल उद्धार गरि हेलिकोप्टरबाट काठमाडौं लगिएको नुवाकोटको विदुर नगरपालिका–४ घर भएका २९ वर्षीय सुनील न्यौपानेको हेम्स अस्पताल धुम्बराइ काठमाण्डौमा मृत्यु भएको हो ।

हाईड्रोको बाटो सर्वे गर्न गएका सव इन्जिनियर न्यौपाने सहित आज दिउँसो पहिरोमा परी घाइते भएका रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ बस्ने वर्ष २९ वर्षीय विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची नगरपालीका-१ भोटेचौर बस्ने २७ वर्षीय सन्दीप चौलागाइको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

न्यौपानेको टाउकोमा काठको मुढाले लागेको थियो । चोट लागेको र अवस्था गम्भीर (बोल्न नसक्ने ) भएकोले उनलाई श्रीएयरलाइन्सको हेलिकोप्टरमार्फत हेम्स अस्पताल धुम्बराही काठमाडाैं लगिएको थियो । घाइते मध्ये बुढाथोकी र चौलागाईंको बाहिरी चोट पटक नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?