+
+
Shares

कपिलवस्तुमा सर्पको टोकाइबाट १४ महिने शिशुको मृत्यु

झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १३:०४

१ साउन, कृष्णनगर । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण  १४ महिने शिशुको मृत्यु भएको छ ।

झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो ।

सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो ।

उपचारका लागि केन्द्रमा लैजाने क्रममा शिशुको बाटोमै मृत्यु भएको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए ।

गाउँमा सर्पको आतङ्क बढ्दो भए पनि प्रभावकारी उपचार सेवाको अभावले ज्यान जाने गरेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?