
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको बताएका छन्।
- प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बैठकमा उनले जलवायु परिवर्तनको प्रभावमा विशेष ध्यान दिनुपर्ने बताए।
- सांसद बस्नेतले सरकारले गर्नसक्ने काम गर्नुपर्ने र लागु नहुने कुरा गरेर प्रतिफल नपाउने उल्लेख गरे।
२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको भन्दै त्यसमा विशेष ध्यान दिनुपर्ने बताए ।
उनले नेपालले जलवायु परिवर्तनका निम्ति असर पर्ने काम कम गरेपनि त्यसको प्रत्यक्ष प्रभाव बढी व्यहोरिरहेको बताए ।
‘हामी वातावरणमैत्री, आदि इत्यादि कुराहरू गरिरहेका छौँ । यो पनि ठिकै छ । यो गर्नैपर्ने कुरा पनि हो । वातावरणमैत्री विकासको कुरा नराम्रो कुरा होइन । क्लाइमेट चेन्जदेखि जे-जे कारणले वातावरण विनाश हुँदै गइरहेको छ, यो कारण त हाम्रो कारणले भन्दा हामी त्यसको प्रभावबाट भिक्टिम भइरहेका छौं,’ उनले भने ।
सांसद बस्नेतले सरकारले कति गर्नसक्छ त्यति गर्नुपर्ने बताए । लागु नहुने कुरा गरेर त्यसमै रमाएर बस्दा प्रतिफल प्राप्त गर्न नसक्ने उनको आग्रह छ ।
प्रतिक्रिया 4