+

काभा च्याम्पियन्स लिग : हेल्प नेपालको लगातार दोस्रो जित

२०८२ साउन  २ गते २३:५८ २०८२ साउन २ गते २३:५८
काभा च्याम्पियन्स लिग : हेल्प नेपालको लगातार दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा च्याम्पियन्स लिगमा दोस्रो जित निकालेको छ।
  • हेल्प नेपालले लगातार दोस्रो जित हात पारेको छ र दुई खेलबाट ५ अंक जोडेर अंक तालिकामा तेस्रो स्थानमा छ।
  • हेल्प नेपालले आफ्नो तेस्रो खेलमा कीर्गिस्तानको बिस्केक-किर्गिस्तानसँग खेल्नेछ।

२ साउन, काठमाडौं । माल्दिभ्समा जारी काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार दोस्रो जित हात पारेको छ । मालेस्थित सोसल सेन्टरमा शुक्रबार राती सम्पन्न खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एसडिसीलाई ३-१ को सेटमा हरायो ।

हेल्प नेपालले पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दे २-० को अग्रता बनाएको थियो । तेस्रो सेट हेल्प नेपालले २५-१९ ले गुमाएपछि क्लब एसडिसीले खेलमा पुनरागमन गर्ने स्केत देखाएको थियो ।

तर चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दे हेल्प नेपालले दोस्रो जित हात पारेको हो ।

हेल्प नेपालले पहिलो खेलमा माल्दिभ्सकै धिवेही सिफाइन्सलाई रोमाञ्चक खेलमा ३-२ को सेटमा हराएको थियो ।

दुई जितपछि हेल्प नेपालले दुई खेलबाट ५ अंक जोडेको छ । हेल्प नेपाल अंक तालिकामा तेस्रो स्थानमा छ ।

काजाखस्थानको जाएक भिसी र किर्गिस्तानको बिस्केक-किर्गिस्तानले पनि लगातार दुई खेल जित्दै समान ६ अंक जोडेका छन् ।

हेल्प नेपालले आप्नो तेस्रो खेलमा शनिवार कीर्गिस्तानको बिस्केक-किर्गिस्तानसँग खेल्नेछ ।

काभा च्याम्पियन्स लिग हेल्प नेपाल स्पोर्ट्स क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय