+
+
Shares

सिन्धुपाल्चोकमा मानव कंकाल फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते ९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ बन्दर्वामा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
  • कंकाल बेत्रावती सामुदायिक वनको जंगलमा टाउकोलगायत शरीरका केही भागहरु कपडासहित फेला परेका थिए।
  • कंकाल गत जेठमा हराएका ६४ वर्षीय सार्की तामाङको रहेको र परिवारले कपडाको आधारमा पहिचान गरेको प्रहरीले जनाएको छ।

३ असार, काठमाडौं । सिन्धुपाल्चोकको बलेफीमा मानव कंकाल फेला परेको छ । बलेफी गाउँपालिका-६ बन्दर्वामा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।

बेत्रावती सामुदायिक वनको जंगलमा शुक्रबार टाउकोलगायत शरीरका केही भागहरुको हड्डीसहित कपडा फेला परेको प्रहरीले जनाएको छ । नजिक रुखमा नाइलनको डोरी पनि झुण्डिएको अवस्थामा फेला परेको थियो ।

उक्त कंकालको पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कंकाल गत जेठमा हराएका सोही ठाउँका करिब ६४ वर्षीय सार्की तामाङको रहेको प्रहरीले जनाएको छ । कपडाको आधारमा परिवारले उनको कंकाल पहिचान गरेका हुन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?