+
साफ यू-२० महिला च्याम्पियनसिप :

भुटानविरुद्ध पहिलो हाफमै पूर्णिमाको ह्‍याट्रिक, नेपालको आधा दर्जन गोल

२०८२ साउन  ३ गते १५:३९ २०८२ साउन ३ गते १५:३९
भुटानविरुद्ध पहिलो हाफमै पूर्णिमाको ह्‍याट्रिक, नेपालको आधा दर्जन गोल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्णिमा राईले पहिलो हाफमै ह्याट्रिक गरेपछि नेपालले भुटानसँगको साफ यू-२० महिला च्याम्पियनसिप खेलमा पहिलो हाफमा ६-० को अग्रता बनाएको छ।
  • नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको र दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको छ भने श्रीलंकासँग दुई खेलमा समान ७-० ले जित निकालेको छ।
  • प्रतियोगितामा बंगलादेश १२ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ९ अंकले दोस्रो र भुटान ३ अंकले तेस्रो स्थानमा छ।

३ साउन, काठमाडौं । पूर्णिमा राईले पहिलो हाफमै ह्‍याट्रिक गरेपछि बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत शनिबार भइरहेको भुटानसँगको खेलमा नेपालले पहिलो हाफमा फराकिलो अग्रता बनाएको छ । नेपाल पहिलो हाफमा ६-० ले अघि छ ।

पूर्णिमाको ३ गोलसँगै मीना देउवाले २ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । खेलको पहिलो मिनेटमा नै मीनाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

नवौं मिनेटमा समिक्षाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किँदै गोलकिपरलाई लागेर पोस्टभित्र छिरेपछि नेपालको अग्रता दोब्बर भयो ।

१२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन् । २३औं मिनेटमा मीनाको पासमा पूर्णिमाले ट्याप इन गोल गर्दै नेपाललाई ४-० को अग्रतामा पुर्‍याइन् ।

इन्जुरी समयको पहिलो मिनेटमा सरिता कुमारीको फ्रिकिकमा पूर्णिमा राईले हेडर गोल गर्दै अग्रता ५-० मा पुर्‍याइन् । इन्जुरी समयकै अन्तिममा पूर्णिमाले ह्‍याट्रिक पूरा गर्दा नेपाल ६-० ले अघि रह्‍यो ।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो । नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो ।

दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको नेपालले श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७-० गोलअन्तरको जित निकालेको थियो ।

प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ भने ४ खेलमा ९ अंक भएको नेपाल दोस्रो र ३ अंक मात्र भएको भुटान तेस्रो स्थानमा छ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।

साफ यू-२० महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय