+
+
Shares

कामना सेवा विकास बैंकको २०८१/८२ चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित

१८.१० रुपैयाँ प्रतिसेयर आम्दानी भएको बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख बराबर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १५:५६

४ साउन, काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिसम्ममा कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबर निक्षेप संकलन गरी ५२ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ ।

सोही अवधिसम्म बैंकले ९८ करोड ७० लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार पूँजीकोष अनुपात १३.२० प्रतिशत छ भने निष्क्रिय कर्जा ३.३८ प्रतिशत छ ।

त्यसैगरी १८.१० रुपैयाँ प्रतिसेयर आम्दानी भएको बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख बराबर छ ।

देशभरिका १ सय ३० शाखा सञ्जालबाट अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गने नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको छ । धितोपत्र बोर्डको स्वीकृतिपछि आवश्यक प्रक्रिया पूरा गरी सेयर जारी गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?