+
+
Shares

रसुवागढीमा अस्थायी मितेरी पुल निर्माण सुरु

चिनियाँ दूतावासले अस्थायी पुल निर्माण भइरहेको भिडियो समेत सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीले बगाएको नेपाल–चीन रसुवागढी नाकामा अस्थायी मितेरी पुल निर्माण सुरु भएको छ।
  • नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमा अस्थायी पुल निर्माण भइरहेको भिडियो सार्वजनिक गरेको छ।
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र चिनियाँ राजदूत चेन सङबीच मितेरी पुल दसैं अगाडि सञ्चालनमा ल्याउनेबारे छलफल भएको थियो।

४ साउन, काठमाडौं । रसुवा बाढीले बगाएको नेपाल–चीन रसुवागढी नाकामा अस्थायी मितेरी पुल निर्माण सुरु भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमा आइतबार एक पोस्ट गर्दै यस्तो जानकारी गराएको हो । दूतावासले अस्थायी पुल निर्माण भइरहेको भिडियो समेत सार्वजनिक गरेको छ ।

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीचको भेटमा मितेरी पुल दसैं अगाडि नै अस्थायी रूपमा सञ्चालनमा ल्याउनेबारे छलफल भएको थियो ।

भेटमा चीनले पुल निर्माणको प्रतिबद्धता गरेको समेत मन्त्रालयले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?