+

उमा कुङफु खेलाडी सरिना युकेमा सम्मानित

२०८२ साउन  ४ गते १८:३२ २०८२ साउन ४ गते १८:३२
उमा कुङफु खेलाडी सरिना युकेमा सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय पदक विजेता सरिना घलेलाई धादिङ–नुवाकोट समाज युकले सम्मान गरेको छ।
  • सरिनाले युकेमा भएको डब्लुएमएसी ब्रिटिस ओपन र इङलिस च्याम्पियनसिपमा स्वर्ण जितेकी छन्।
  • सरिना सेप्टेम्बर १८ देखि २१ सम्म हुने डब्लुएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुने तयारीमा छिन्।

४ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई धादिङ–नुवाकोट समाज युकले सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको प्रतिष्ठा र गौरव बढाएकोमा सरिनालाई सम्मान गरिएको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।

सरिनालाई बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा र समाजका अध्यक्ष धनबहादुर तामाङले एनुएल समर गेट टुगेडर कार्यक्रममा प्रशंसा पत्रसहित सम्मान गरे ।

सरिनाले युकेमा भएको २ प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । सरिनाले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप तथा डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण जितेकी हुन् ।

यसअघि सरिनालाई सोही सफलताको करद गर्दै तमु धि समाज युके र मगर एसोसिएसन युकेले पनि सम्मान गरेको थियो ।

नुवाकोट किस्पाङ गाउँपालिका १ की सरिना युकैमै मास्टर्स अध्ययन गरिरहेकी छन् ।

तेस्रो डान सरिनाले युकैमै सेप्टेम्बर १८ देखि २१ तारिखसम्म हुने डब्लुएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने तयारी गरिरहेको अध्यक्ष राईले जानकारी गराए ।

सरिना घले

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय