+
+
Shares

स्काई वाक टावरमा बन्जी जम्पदेखि जिपलाइनसम्म थपिँदै

प्रतिवेदन अनुसार बन्जी जम्प ६० मिटर, स्विङ १० मिटर, फ्रिफल ६० मिटर, रिभर्स बन्जी ४० मिटर र जिपलाइन २ सय मिटर लम्बाइको हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १८:४९

४ साउन, काठमाडौं । कमलादीस्थित स्काई वाक टावरमा अब बन्जी जम्पदेखि जिपलाइनसम्मका साहसिक गतिविधि थप हुने भएका छन् ।

कम्पनीले त्यस प्रयोजनका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ ।

प्रतिवेदन अनुसार टावरको मुख्य टावरमै जोडेर बन्जी जम्प, रिभर्स बन्जी, स्विङ, एज वाक, फ्रिफल जम्प, स्काई क्लाइम्बिङ, स्काई साइक्लिङ, जिपलाइन, स्काई चेयर, स्काई बारजस्ता संरचना थप गर्ने योजना छ ।

प्रतिवेदन अनुसार बन्जी जम्प ६० मिटर, स्विङ १० मिटर, फ्रिफल ६० मिटर, रिभर्स बन्जी ४० मिटर र जिपलाइन २ सय मिटर लम्बाइको हुने भएको छ ।

यहाँ अहिले ७५ मिटर उचाइको टावर निर्माण भइ सञ्चालनमा छ । यस टावरमा अहिलेसम्म ८२ करोड लागत खर्च भएको र संरचना थप गर्न ७ करोड लाग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?