+

यस्ता छन् आईसीसीको वार्षिक सम्मेलनबाट भएका महत्वपूर्ण निर्णयहरू

२०८२ साउन  ४ गते २०:३२ २०८२ साउन ४ गते २०:३२
यस्ता छन् आईसीसीको वार्षिक सम्मेलनबाट भएका महत्वपूर्ण निर्णयहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले अफगान मूलका विस्थापित महिला क्रिकेटरलाई उच्च प्रदर्शन तालिम र विश्वकपमा सहभागिताका अवसर दिने घोषणा गरेको छ।
  • आगामी तीनवटा विश्व टेस्ट च्याम्पियनसिप फाइनल इंग्ल्याण्डमै आयोजना हुने निर्णय आईसीसीले गरेको छ।
  • आईसीसीले टिमोर लेस्टे र जाम्बियालाई एसोसियट सदस्यता प्रदान गरी सदस्य संख्या ११० पुर्‍याएको छ।

४ साउन, काठमाडौं । सिंगापुरमा सम्पन्न भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक सम्मेलनबाट महत्वपूर्ण निर्णयहरू भएका छन्।

सम्मेलनमा अफगान मूलका विस्थापित महिला क्रिकेटरहरूको लागि नयाँ पहल, आगामी तीनवटा विश्व टेस्ट च्याम्पियनसिप फाइनलको आयोजक चयन, दुई नयाँ राष्ट्रलाई सदस्यता प्रदान तथा अमेरिकी क्रिकेटको स्थितिबारे निर्णयलगायतका विषयमा सहमति गरिएको छ।

अफगान मूलका महिला क्रिकेटरलाई समर्थन गर्ने उद्देश्यसहित आईसीसीले उच्च प्रदर्शन तालिम, घरेलु प्रतियोगितामा खेल्ने अवसर, साथै आईसीसी महिला क्रिकेट विश्वकप २०२५ र आगामी वर्ष इंग्ल्यान्डमा हुने टी–२० विश्वकपमा सहभागिताका अवसर उपलब्ध गराउने घोषणा गरेको छ।

यो पहल आईसीसी उपाध्यक्ष इमरान ख्वाजा नेतृत्वमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई), इंग्ल्याण्ड क्रिकेट बोर्ड (ईसीबी) र क्रिकेट अस्ट्रेलियाको सहकार्यमा अघि बढाइनेछ।

त्यसैगरी, आगामी तीनवटा डब्लुटिसी फाइनल इंग्ल्याण्डामा नै हुने तय गरिएको छ। पहिलो तीन संस्करणको फाइनल पनि इंग्ल्याण्डमै आयोजना भएका थिए।

त्यसैगरी आईसीसीले टिमोर लेस्टे क्रिकेट फेडरेसन र जाम्बिया क्रिकेट युनियनलाई एसोसियट सदस्यका रूपमा स्वागत गर्दै आफ्नो सदस्य संख्या ११० पुर्‍याएको छ।

यता अमेरिकी क्रिकेटलाई शासन प्रणाली सुधार र स्वतन्त्र तथा निष्पक्ष निर्वाचन सम्पन्न गर्न थप तीन महिनाको समय दिइएको छ।

त्यसैगरी, आईसीसी मुख्य कार्यकारी समितिका एसोसियट सदस्य प्रतिनिधिका रूपमा फ्रान्सका गुरुमूर्ति पलानी, हङकङका अनुराग भटनागर र क्यानडाका गुरदीप क्लैर निर्वाचित भएका छन्।

आईसीसीको वार्षिक सम्मेलन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय