+

जाएक भीसीमाथि हेल्प नेपालको रोमाञ्चक जित

२०८२ साउन  ५ गते १५:५४ २०८२ साउन ५ गते १५:५४
जाएक भीसीमाथि हेल्प नेपालको रोमाञ्चक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माल्दिभ्समा भइरहेको काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबले जाएकलाई ३-२ ले पराजित गरेको छ।
  • हेल्प नेपालले चार खेलमा ३ जित र १ हारसहित ८ अंक जोडेर शीर्ष दुईमा पुग्ने सम्भावना बलियो बनाएको छ।
  • हेल्प नेपालले लिग चरणको अन्तिम खेलमा मंगलबार श्रीलंकन क्लब पोर्च अथुरिटीसँग प्रतिस्पर्धा गर्नेछ।

५ साउन, काठमाडौं । माल्दिभ्समा भइरहेको काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले कजाकस्तानको जाएक भिसीमाथि ३-२ को रोमाञ्चक जित हात पारेको छ । यो जितपछि हेल्प नेपालले जाएकको तीन खेलको अपराजित यात्रामा ब्रेक समेत लगाएको छ ।

मालेस्थित सोसल सेन्टरमा भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा हेल्प नेपालले पहिलो सेट २५-२२ ले जित्दै सानदार सुरुवात गरेको थियो । तर जाएकले त्यसपछिका दुई सेट आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । जाएकले दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२३ ले जितेको थियो ।

त्यसपछि हेल्प नेपालले चौथो सेट आप्नो पक्षमा पार्दै खेल २-२ को बराबरीमा ल्यायो । चौथो सेट हेल्प नेपालले २५-१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । पाँचौ तथा निर्णायक सेट १५-११ ले जित्दै हेल्प नेपालले खेल जितेको हो ।

यो जितपछि हेल्प नेपालले शीर्ष दुईमा रहेर फाइनल खेल्ने सम्भावना समेत बलियो बनाएको छ । प्रतियोगितामा हेल्प नेपालको यो तेस्रो जित हो । चार खेलमा ३ जित र १ हारबाट ८ अंक जोडेको छ । पहिलो हार बेहोरेपनि जाएक ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ ।

हेल्प नेपालले लिग चरणको अन्तिम खेलमा मंगलबार श्रीलंकन क्लब पोर्च अथुरिटीसँग खेल्नेछ ।

काभा च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय