
News Summary
Generated by OK AI. Editorially reviewed.- गायक राजेशपायल राई र उनकी पूर्वपत्नी साङबुङ राईबीच तीनकुनेस्थित बानेश्वर प्रहरी वृत्तमा मिलापत्र भएको छ।
- साङबुङले उजुरी दिएपछि प्रहरीले दुबैलाई राखेर मिलापत्र गराएको प्रहरी वृत्त बानेश्वर स्रोतले अनलाइनखबरलाई जानकारी दियो।
- दुबैले एकअर्काको जीवनमा हस्तक्षेप नगर्ने सहमति जनाएका छन् र उनीहरूको एक छोरा सायरेम छ।
काठमाडौं । गायक राजेशपायल राई र उनकी पूर्वपत्नी साङबुङ राईबीच प्रहरीमा मिलापत्र भएको छ । तीनकुनेस्थित बानेश्वर प्रहरी वृत्तले दुईजनालाई राखेर मिलापत्र गराएको हो ।
गतसाता यी दुईबीच झगडा र असमझदारी भएका खबर मिडियामा आएका थिए ।
पछिल्लो घटनापछि साङबुङ उजुरी लिएर प्रहरीकहाँ पुगेकी थिइन् । उजुरी प्राप्त भएपछि दुबैजनालाई राखेर मिलापत्र गराइएको प्रहरी वृत्त बानेश्वर स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
स्रोतका अनुसार दुबैजनाले एकअर्काको जीवनमा हस्तक्षेप र झगडा नगर्ने कुरामा सहमति जनाएका छन् । यसअघि पनि राजेशपायल र पूर्वपत्नीको विवाद प्रहरीकहाँ पुगिसकेको छ ।
राजेशपायल र साङबुङको तर्फबाट एक छोरा सायरेम छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4