+
+
Shares

एमाले बैठकमा उठ्यो कोषाध्यक्ष पद राख्नुपर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १८:२५

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारीमा कोषाध्यक्षको पद पनि थप्नुपर्ने प्रस्ताव आएको छ ।

पार्टीले विधान अधिवेशनबाट पदाधिकारी संख्या घटाएर १५ पुर्‍याउने प्रस्ताव अघि बढेको बेलामा एक केन्द्रीय सदस्यले यस्तो माग गरेका हुन् ।

केन्द्रीय सदस्य सरोज यादवले कोषाध्यक्ष पद राख्नुपर्ने माग गरेको बैठकमा सहभागी अर्का एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

केन्द्रीय सदस्य अरबिन्द सिंहले पनि पदाधिकारी संख्या बढाएर २१ पुर्‍याउनुपर्ने प्रस्ताव गरेका थिए ।

सोमबार (आज) बाट सुरु भएको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

सुरुमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यले धारणा राखे । उनीहरूमध्ये अधिकांश केन्द्रीय सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा मत राखे ।

गण्डकी प्रदेशबाट प्रदेश अध्यक्षसमेत रहेका नवराज शर्मा, केन्द्रीय सदस्यहरू राजीव पहारी, इन्द्रलाल सापकोटा, पदम गिरी, सूर्य पाठक, रामशरण बस्नेत लगायतले बोलेका थिए ।

लगत्तै मधेश प्रदेशका सांसदहरूले धारणा राखे । बैठक स्रोतका अनुसार, रञ्जना सरकार, गंगा यादव, सरोज यादव, प्रभु हजरा पासवान, प्रतीक्षा तिवारी, हरि उप्रेती, हरिनारायण महतो, दिवाकर देवकोटा, कुन्दन कुशवाहा, रामपृत राम, अरबिन्द सिंहले बोलेका छन् ।

अहिले उपत्यका विशेष प्रदेश कमिटीका सदस्यहरू बोलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?