+
साफ यू-२० महिला च्याम्पियनसिप :

बंगलादेशसँगको हारपछि एन्फाको फेसबुकमा ‘कमेन्ट अफ’

२०८२ साउन  ५ गते २१:२९ २०८२ साउन ५ गते २१:२९
बंगलादेशसँगको हारपछि एन्फाको फेसबुकमा ‘कमेन्ट अफ’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० गोलअन्तरले पराजित भयो।
  • बंगलादेशकी सागोरिकाले चार गोल गरेकी थिइन् र बंगलादेश च्याम्पियन बन्यो भने नेपाल उपविजेता रह्यो।
  • एन्फाले सामाजिक सञ्जालमा कमेन्ट बक्स बन्द गरी आलोचना र गालीबाट बच्न खोजेको छ ।

५ साउन, काठमाडौं । सोमबार साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० गोलअन्तरले पराजित भयो ।

उक्त खेलमा बंगलादेशकी सागोरिका एक्लैले चार गोल गरेकी थिइन् । नेपाली खेलाडी यस खेलमा निरिह देखिएका थिए ।

बंगलादेश यस जितपछि च्याम्पियन नै बन्यो भने नेपाल फेरि एकपटक उपविजेतामा सीमित भयो ।

यता नेपाली फुटबलको नियामक निकाय एन्फाले भने सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट नै गर्न नमिल्ने बनाएको छ ।

नेपाली फुटबलमा देखिँदै आएको विवादले आलोचना खेप्दै आएको एन्फाले आजको हारपछि भने कमेन्ट बक्स नै अफ राखेको छ अर्थात् पोस्टमा रियाक्ट र शेयर मात्र गर्न मिल्छ ।

आजको खेलका दौरान नेपाली समर्थकहरूबाट एन्फाले खेलको विकासमा कम र बेथितिमा बढी ध्यान दिने गरेको भन्दै चर्को आलोचना भइरहेको थियो ।

सोही कारण थप आलोचना र गालीबाट बच्नका लागि एन्फाले सामाजिक सञ्जालमा प्रतिक्रिया दिन नमिल्ने बनाएको बुझिन्छ ।

पछिल्लो समय नेपाली फुटबललाई लिएर विभिन्न नकारात्मक टिकाटिप्पणी भइरहँदा त्यस किसिमका टिप्पणीहरू आउन नदिन एन्फाले कमेन्ट बन्द गरेको हुन सक्ने देखिन्छ ।

केही समयअघि सिनियर महिला फुटबल टिमका विदेशी प्रशिक्षक प्याट्रिक डे वाइल्ड र व्यवस्थापनबीचको विवाद चुलिँदा अहिले प्रशिक्षकको राजीनामा नै आइसकेको छ ।

यसले नेपाली फुटबलमा थप विवाद र चुनौती सिर्जना गरेको छ ।

साफ यू-२० महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय