News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला यू-२० फुटबल टोली बंगलादेशमा भएको साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बन्यो।
- नेपालले बंगलादेशसँगको निर्णायक खेलमा ४-० ले पराजित भएर उपाधि जित्न सकेन।
- प्रतियोगितामा नेपालले ४ जित र २ हारसहित १२ अंक जोडेर दोस्रो स्थान हासिल गरेको हो।
६ साउन, काठमाडौं । बंगलादेशमा साफ यू-२० महिला च्याम्पियनसिप खेलेर नेपाली महिला टोली स्वदेश फर्किएको छ । नेपाली टोली मंगलबार दिउँसो काठमाडौं आइपुगेको हो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
नेपाली टोली प्रतियोगितामा उपविजेता भयो । डबल राउण्ड रोबिनमा खेलाइएको प्रतियोगितामा नेपाल आयोजक बंगलादेशसँग दुवै खेलमा पराजित भएको थियो ।
सोमबार बेलुका भएको बंगलादेशसँगको निर्णायक खेलमा ४-० को हार बेहोरेपछि नेपाल उपाधिविहीन बनेको थियो । यस खेलमा जित निकालेको अवस्थामा नेपालको उपाधि जित्ने सम्भावना रहन्थ्यो ।
बंगलादेश, नेपाल, भुटान र श्रीलंका गरी चार टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा बंगलादेशले ६ वटै खेल जितेर १८ अंक जोड्दै शीर्षस्थानमा रहेर च्याम्पियन बन्यो ।
यस्तै नेपालले ४ जित र २ हारसहित १२ अंक मात्र जोडेर दोस्रो भयो । नेपालले भुटानलाई ६-१ र ८-० तथा र श्रीलंकालाई दुवै खेलमा ७-० गोलअन्तरले हराएको थियो ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4