
News Summary
Generated by OK AI. Editorially reviewed.- नाटक 'चन्द्रलाई कसले मार्यो' असार २५ देखि साउन १८ सम्म मण्डला थिएटरमा मञ्चन हुँदैछ।
- नाटकले क्वियर समुदायको आत्मअन्वेषण, मानसिक संघर्ष र आत्महत्याजस्ता संवेदनशील विषय समेटेको छ।
- रंगकर्मी सन्दीप श्रेष्ठले निर्देशन गरेको नाटकमा भावना उप्रेती, सीतादेवी तिमल्सेना लगायत कलाकारले अभिनय गरेका छन्।
काठमाडौं । नाटक ‘चन्द्रलाई कसले मार्यो’को मञ्चन अहिले मण्डला थिएटरमा मञ्चन भैरहेको छ । असार २५ देखि मञ्चन सुरु नाटक साउन १८ सम्म चल्नेछ ।
लैंगिक अल्पसंख्यक क्वियर समुदायको आत्मअन्वेषणको गहिरो प्रश्न बोकेको नाटकले दर्शकबाट सकारात्मक प्रतिक्रिया पनि प्राप्त गरेको छ ।
नाटकले फरक लैंगिक क्षमता भएका एक व्यक्तिले आफूलाई खोज्दै जाँदाको मानसिक संघर्ष, अवसाद र आत्महत्याजस्ता संवेदनशील पक्षलाई समेटेको छ ।
रंगकर्मी सन्दीप श्रेष्ठले परिकल्पना, लेखन तथा निर्देशन गरेको यो नाटकले एलजीबीटीक्यूआइएईप्लस समुदायभित्रको पीडा र उनीहरूले भोग्दै आएको आत्मसंघर्षलाई मुख्य विषयवस्तु बनाएको छ ।
सम्बन्धको बदलिँदो स्वरूप, हरेक पात्रको फरक दृष्टिकोण र ‘चन्द्र’ पात्रको आँखाबाट संसार हेर्ने प्रयास यो नाटकमा गरिएको छ ।
नाटकमा निर्देशक श्रेष्ठसहित भावना उप्रेती, सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, प्रितिशा अधिकारी र किरण चापागाईंले अभिनय गरेका छन् ।
नाटक सोमबारबाहेक प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे अतिरिक्त शोका साथ मञ्चन हुने मण्डलाले जनाएको छ ।
प्रतिक्रिया 4