+

इंग्लिस फरवार्ड रासफोर्ड बार्सिलोनामा लोनमा अनुबन्धित

२०८२ साउन  ८ गते ११:२५ २०८२ साउन ८ गते ११:२५
इंग्लिस फरवार्ड रासफोर्ड बार्सिलोनामा लोनमा अनुबन्धित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यानचेस्टर युनाइटेडका इंग्लिस फरवार्ड मार्कस रासफोर्ड बार्सिलोनामा एक सिजनका लागि लोनमा अनुबन्धित भएका छन्।
  • बार्सिलोनासँगको सम्झौताअनुसार उनलाई आगामी समरमा स्थायी रूपमा अनुबन्ध गर्ने विकल्प राखिएको छ।
  • रासफोर्डले बार्सिलोनामा १४ नम्बरको जर्सी लगाउनेछन् ।

८ साउन, काठमाडौं । म्यानचेस्टर युनाइटेडका इंग्लिस फरवार्ड मार्कस रासफोर्ड स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । एक सिजनका लागि लोनमा अनुबन्धित उनी २०२५/२६ सिजनभर बार्सिलोनाका लागि खेल्नेछन्।

बार्सिलोनासँगको सम्झौताअनुसार आगामी समरमा उनलाई स्थायी रूपमा अनुबन्ध गर्ने विकल्प समेत राखिएको छ। स्काई स्पोर्ट्सका अनुसार उक्त खरिद मूल्य करिब ३० मिलियन यूरो रहेको अनुमान छ।

बार्सिलोनाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एफसी बार्सिलोना र म्यानचेस्टर युनाइटेडबीच ३० जुन २०२६ सम्मका लागि मार्कस रासफोर्डको लोन सम्झौता भएको छ। सम्झौतामा इंग्लिस फरवार्डलाई स्थायी रूपमा अनुबन्ध गर्ने विकल्प पनि समावेश गरिएको छ।’

रासफोर्डले बार्सिलोनामा १४ नम्बरको जर्सी लगाउने छन्। प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उनले भने, ‘म निकै उत्साहित छु। यो सपनाहरू साकार हुने क्लब हो। यसले ठूलो उपाधि जित्छ र क्लबले जे प्रतिनिधित्व गर्छ, त्यो मेरो लागि धेरै अर्थपूर्ण छ। यहाँ म घरजस्तो महसुस गर्दैछु र यहीँ आउनु मेरो ठूलो निर्णय थियो। यो परिवारिक क्लब हो जहाँ खेलाडीहरू आफ्नो प्रतिभा प्रदर्शन गर्न सहज महसुस गर्छन्।’

रासफोर्ड यसअघिको सिजन बीचमै युनाइटेडबाट एस्टन भिल्लामा लोनमा खेलेका थिए । उनले यस वर्षअघिसम्म आफ्नो सिनियर करियरमा म्यान्चेस्टर युनाइटेडबाहेक अन्य क्लबबाट खेलेनन् ।

युनाइटेडका लागि उनले २८७ खेल खेल्दा ८७ गोल गरेका छन् । भिल्लाबाट १० खेलमा २ गोल गरे ।

मार्कस रासफोर्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय