+
+
Shares

कपिल शर्माको शो नेटफ्ल्क्सिको ‘ग्लोबल टपटेन’ सूचीबाट बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिल शर्माको कमेडी शो ‘द ग्रेट इन्डियन कपिल शो’ सन् २०२४ मा नेटफ्ल्क्सिमा रिलिज भएको थियो।
  • सिजन ३ को पाँच एपिसोडमध्ये पहिलो तीन एपिसोड नेटफ्ल्क्सिको ‘ग्लोबल टपटेन’ गैरअंग्रेजी शोमा समावेश भए।
  • पछिल्लो सिजनमा दर्शक संख्या घट्दै गएपछि शोको भविष्यमा असर पर्ने संकेत देखिएको छ।

काठमाडौं । कपिल शर्माको कमेडी शो ‘द ग्रेट इन्डियन कपिल शो’ निकै चर्चाबीच सन् २०२४ मा नेटफ्ल्क्सिमा रिलिज भएको थियो ।

कलर्स र सोनी टिभी च्यानलमा बलियो बलियो प्रशंसा प्राप्त गरेको यो शो अझै वृहत दर्शकमाझ पुग्ने भन्दै नेटफ्ल्क्सिमा पुगेको थियो । यो शो भारतमा सबैभन्दा धेरै हेरिने शो त बन्यो तर सिजन ३ बाट भने दर्शकको संख्यामा गिरावट आउन थाल्यो । पछिल्लो सिजनमा ५ एपिसोड आइसकेको छ ।

यो सिजनका अघिल्ला ३ एपिसोड नेटफ्ल्क्सिको ‘ग्लोबल टपटेन’ गैरअंग्रेजी शोमा समावेश भए । पछिल्ला २ एपिसोड भने सूचीमा समावेश भएनन् ।

पछिल्लो एपिसोडमा बलिउड फिल्म ‘सन अफ सरदार २’का कलाकार सहभागी भए । हामीले अजय देवगण, मृणाल ठाकुर, रवि किसन, संजय मिश्रलाई पाहुनाको रुपमा देख्यौं ।

सिजनको पहिलो एपिसोडलाई १६ लाख पटक र १९ लाख घण्टा हेरिएको थियो । पहिलो भागमा सलमान खान अतिथिको रुपमा सहभागी थिए । हेरिएको संख्याले कतिजनाले हेरे भन्ने कुराको भने पुष्टि गर्दैन ।

दोस्रो एपिसोडमा फिल्म ‘मेट्रो इन दिनो’का कलाकार सहभागी थिए । तेस्रो एपिसोडमा क्रिकेटर गौतम गम्भीर, युजवेन्द्र चहल सहभागी थिए । एपिसोड संख्यामा वृद्धि भएपनि कूल भ्यूज संख्यामा भने गिरावट आइरहेको देखिन्छ ।

दर्शकले पछिल्लो सिजनलाई दोस्रोसँग दाँजेर हेरिरहेका छन् । नयाँ सिजन चौंथो एपिसोडसम्म आइपुग्दा ग्लोबल सूचीबाट बाहिरिनु पक्कै पनि कपिल शोको भविष्यको लागि धक्का हुनसक्छ ।

आउने एपिसोडमा भारतीय कन्टेन्ट क्रिएटरहरू राज समानी, सौरभ द्धिवेदी, कमैया जानी, समदिस भाटिया गेस्टको रुपम सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?