+
+
Shares

पर्यटन पूर्वाधारमा निजी क्षेत्रलाई रातो कार्पेटमा स्वागत गर्नुपर्छ : पर्यटनमन्त्री

पर्यटनमन्त्री पाण्डेले नेपाललाई दृश्यका माध्यमबाट अझ सुन्दर देखाउन सबैको प्रयास आवश्यक रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १७:२४
फाइद्य तस्वीर

८ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन विकासका लागि निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

बिहीबार आयोजित ‘दृश्यमा कोशी प्रदेश’ कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन पूर्वाधार विकासमा आवश्यक लगानी सरकार एक्लैले गर्न नसक्ने बताए । यसका लागि निजी क्षेत्रलाई लगानीका लागि रातो कार्पेटमा स्वागत गर्ने उनको तर्क छ ।

मन्त्री पाण्डेले हाल मन्त्रालयले नीतिगत सुधारमा ध्यान दिएको बताए । उनले पर्यटन मन्त्रालयसँग धेरै अपेक्षा रहेको भन्दै बजेटको प्राथमिकतामा भने कम पर्ने गरेको गुनासो गरे ।

उनले नेपाललाई दृश्यका माध्यमबाट अझ सुन्दर देखाउन सबैको प्रयास आवश्यक रहेको बताए । मन्त्री पाण्डेले किराँत सर्किटलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कोशी प्रदेशले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन, पर्यटन व्यवसायीलाई हौसला प्रदान गर्न संघ सरकार प्रतिबद्ध भएको समेत मन्त्री पाण्डेले बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पछिल्लो समय पर्यटकहरूको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएको उल्लेख गरे ।

जोशीले नेपालमा निर्माण हुने चलचित्र तथा गीतसंगीतका भिडियोले पनि नेपालका पर्यटकीय गन्तव्य प्रचार–प्रसार गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?