+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नागरिकमा ठूलो निराशा पैदा हुँदै गएको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १९:२६

८ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम नागरिकमा ठूलो निराशा पैदा हुँदै गएको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्य सापेक्ष हुने भन्दै जनतालाई भनेजस्तो किन सेवा सुविधान दिन सकिएन भनेर सोच्न जरुरी रहेको बताए ।

‘अहिले भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमश: भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको छ । किन यति धेरै बढ्यो । अराजकता र बेथिति पनि सबैतिर ब्युरोकेसी, जुडिसियरीदेखि, लेजिस्लेटिप सबै संस्थाहरू यो अराजकता के कारणले बढेको छ भन्नेकुराको समीक्षा हुन जरुरी छ,’ उनले भने ।

उनले त्यसको समीक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएको पनि उनले बताए ।

‘सत्य सापेक्ष हुन्छ, निरपेक्ष हुँदैन । तर यो बीचमा जनताको अपेक्षा र हाम्रो पोलिसीहरुको बीचमा के कन्ट्यारडिक्शन भयो, जसले ठूलो फ्रस्टेशन समाजमा पैदा हुँदै गएको छ,’ प्रचण्डले भने, ‘त्यसको समीक्षा गर्ने जिम्मेवारी पनि राजनीतिक दल, समाज, निजी क्षेत्र सबैको हो । किन भ्रष्टाचार दिनप्रतिदिन झन बढ्यो, सही निष्कर्षमा पुग्न नेगेटिभ साइट पनि हेर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?