+

बेंगलुरुको चिन्नास्वामी रंगशाला भीड हुने ठूला प्रतियोगिताका लागि असुरक्षित ठहर

२०८२ साउन  ९ गते १३:४२ २०८२ साउन ९ गते १३:४२
बेंगलुरुको चिन्नास्वामी रंगशाला भीड हुने ठूला प्रतियोगिताका लागि असुरक्षित ठहर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीएल २०२५ को विजेता टोली रोयल च्यालेन्जर्स बेंगलुरुको घरेलु मैदान चिन्नास्वामी रंगशाला ठूला खेल आयोजना गर्नबाट वञ्चित हुनसक्ने भएको छ।
  • न्यायाधीश जोन माइकल डिकुनहा नेतृत्वको आयोगले रंगशाला ठूलो भीडका लागि असुरक्षित र अयोग्य रहेको प्रतिवेदन तयार पारेको छ।
  • ११ जनाको मृत्यु भएको भागदौड घटनापछि कर्नाटक सरकारले आरसीबी र सम्बन्धित पक्षविरुद्ध कानुनी कारबाही गर्ने तयारी गरेको छ।

९ साउन, काठमाडौं । आईपीएल २०२५ को विजेता टोली रोयल च्यालेन्जर्स बेंगलुरुको घरेलु मैदानका रूमा रहेको बेंगलोरको चिन्नास्वामी रंगशाला आईपीएललगायत ठूला खेलको आयोजना गर्नबाट वञ्चित हुन सक्ने भएको छ ।

न्यायाधीश जोन माइकल डिकुनहा नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन अनुसार रंगशाला ठूलो भीड हुने कार्यक्रमका लागि असुरक्षित र अयोग्य रहेको उल्लेख गरिएको छ।

गत जुन ४ मा भएको भागदौडको घटनापछि गठन गरिएको यस आयोगले आरसिबीको आईपीएल जितको उत्सवका क्रममा भएको उक्त घटना अत्यधिक भीड, कमजोर व्यवस्थापन र पर्याप्त सुरक्षा नहुँदा भएको निष्कर्ष निकालेको छ।

उक्त घटनामा परेर ११ जनाको मृत्यु भएको थियो भने धेरैजना घाइते भएका थिए। प्रतिवेदनमा रंगशालाको संरचना ठूलो भीडका लागि उपयुक्त नभएको र सबै गेट सीधै फुटपाथमा खुल्ने भएकाले भीड नियन्त्रण गर्न गाह्रो भएको बताइएको छ।

प्रशस्त प्रवेश–निर्गमन गेट, आपतकालीन निकासी योजना र व्यवस्थित भीड व्यवस्थापन क्षेत्रको अभाव रहेको पनि उल्लेख गरिएको छ। भविष्यमा कुनै स्थानमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार पर्याप्त गेट, क्युइङ जोन, सार्वजनिक यातायात पहुँच र पार्किङ व्यवस्था अनिवार्य गर्न सिफारिस गरिएको छ।

कर्नाटक सरकारले मन्त्रिपरिषद् बैठकमार्फत प्रतिवेदन अनुमोदन गर्दै आरसीबी, आयोजन कम्पनी डीएनए नेटवर्क र कर्नाटक क्रिकेट संघविरुद्ध कानुनी कारबाही गर्ने तयारी गरेको छ।

-भारतीय सञ्चारमाध्यमबाट

आरसिबी चिन्नास्वामी स्टेडियम बेंगलुरु घटना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय