+
+
Shares

बेनिशाको जन्मदिनमा ‘द ब्लू लाइट’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनोवैज्ञानिक थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’को पहिलो झलक बेनिशा हमालको जन्मदिनमा सार्वजनिक गरिएको छ।
  • फिल्मको टिजरमा बुवाको मृत्यु भएको सपना देख्ने छोरी र उनलाई डरबाट बाहिर निकाल्न खोज्ने बुवाको कथा प्रस्तुत गरिएको छ।
  • फिल्ममा बेनिशा हमाल, अर्पण थापा, सृष्टि श्रेष्ठ लगायत कलाकार छन् र बलिराम चौहानले निर्देशन गरेका छन्।

काठमाडौं । मनोवैज्ञानिक थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’को पहिलो झलक सार्वजनिक भएको छ । कार्यकारी निर्मात्री तथा अभिनेत्री बेनिशा हमालको जन्मदिन अवसरमा फिल्मले टिजर सार्वजनिक गरेको हो ।

टिजरमा पात्रको मुडलाई दर्शाइएको छ । बुवाको मृत्यु भएको सपना डराइडराई बुवालाई सुनाइरहेकी छोरी र उनलाई डरबाट बाहिर निकाल्न खोजिरहेको बुवाबाट पहिलो झलक सुरु हुन्छ । बुवाले छोरीलाई उनको डर हटाउन सपनामा मरेको देखेको मान्छेको आयु लामो हुन्छ भन्दै कन्भिन्स गर्छन् ।

त्यसपछि आफूलाई कमजोर भएको महसुस गरेपछि कठोर र साहसी बनाउन हतियार लिएर हिँडेकी युवती र चाल सुनिरहेकी अर्की युवतीबीचको डर र डर हटाउन गरेको प्रयास छ । जसले दर्शकलाई तर्साउँछ ।

ीटजरमा फिल्मका ३ कलाकारलाई प्रस्तुत गरिएको छ, जसमा बेनिशासहित अर्पण थापा र सृष्टि श्रेष्ठ छन् । बेनिशा यो फिल्मकी कार्यकारी निर्मात्री समेत हुन् । यो फिल्मबाट उनी निर्माणमा अघि बढेकी हुन् ।

फिल्मलमाई बलिराम चौहानले निर्देशन गरेका हुन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्ममा महेश त्रिपाठी, आयुष्मान जोशी, सुरक्षा इटानी पनि छन् । बालकलाकारमा ग्रीष्मा कटुवाल र सहारा शर्मा छन् ।

बलिराम चौहान निर्माता रहेको फिल्मको सह-निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन् । कार्यकारी निर्मातामा भने छायाँकार नरेन्द्र मैनाली र अभिनेत्री हमाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?