News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पौडी संघको आयोजनामा प्रथम अन्तर विद्यालय उमेरसमूह पौडी प्रतियोगिता सुरु भएको छ।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताए।
- प्रतियोगितामा २ सय ५० खेलाडी सहभागी छन् र पहिलो दिन २६ स्पर्धाको फाइनल सम्पन्न भएको छ।
१० साउन, काठमाडौं । नेपाल पौडी संघको आयोजनामा प्रथम अन्तर विद्यालय उमेरसमूह पौडी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी २ दिने प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले पौडीको विकास÷विस्तारमा विद्यालय र अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताए ।
प्रतियोगितामा २ सय ५० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास रहेको संघका सदस्य एवं प्रतियोगिता संयोजक मुखिया लामाले बताए ।
पहिलो दिन २६ स्पर्धाको फाइनल भयो । पहिलो दिन भएका स्पर्धाका विजयी खेलाडीलाई नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, प्रतियोगिता संयोजक मुखिया लामा र मातृका अस्पतालका प्रबन्ध निर्देशक सोना प्रधानलगायतले पुरस्कार प्रदान गरे ।
प्रतिक्रिया 4