
News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको गोलन्जोर गाउँपालिकाका १६ जना बेपत्ता परिवारको अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछापमा देखिएको खुलेको छ।
- पक्राउ पत्ता लगाउन प्रहरीले सिमन्दीछाप क्षेत्रमा खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
- सिमन्दीछापको टावरबाट सिन्धुलीको घर क्षेत्रको मोबाइल कभरेज देखिएको हुनसक्ने डीएसपी भोलाकुमार भट्टले बताए।
१२ साउन, काभ्रेपलाञ्चोक । सम्पर्कविहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ ।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायूको १६ जनाको परिवार सोमबार बिहानदेखि बेपत्ता छन् ।
उनीहरुको मोबाइल ट्रेस गर्नेक्रममा प्रहरीले अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछाप भन्ने स्थानमा देखिएको हो ।
बेपत्ता परिवारका सदस्यको मोबाइल अफ हुनुअघि अन्तिम लोकेसन पत्ता लागेपछि त्यहाँ रहेको हुनसक्ने आशंकाले प्रहरी घटनास्थलतर्फ गएको छ ।
तर, सिमन्दीछाप क्षेत्रको टावरबाट सिन्धुलीमा उनीहरुको घर भएको क्षेत्रमा कभरेज टिप्ने भएकाले पनि देखाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोलाकुमार भट्टले जानकारी दीए ।
बिशेषगरी हायू समुदायको बसोबास रहेको रामेछाप नगरपालिकाको ८ र ९ मा प्रत्येक घरमा प्रहरी पुगेर खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रतिक्रिया 4